Sunday, April 26, 2009

हामीले हाम्रो यो माटो फगत पुर्खाबाट पाएका होइनौं तर भावी सन्ततिको निम्ति उनीहरूबाट लिएका हौं। -कृ.क.स
अङ्‌क-1 वर्ष-1 अप्रेल-2009
प्रबन्धक
विष्णु छेत्री
सम्पादक
मनोज वोगटी
सह-सम्पादक
सञ्जय राई
टङ्‌कन
भक्ति वोगटी
मुद्रण
उपमा पब्लिकेशन
सुपर मार्केट, कालेबुङ सम्पादकीय ठेगाना
प्रमुख कार्यालयः-
कृषक कल्याण सङ्गठन, डम्बर चौक पोष्ट बक्स न. 60कालेबुङ, जिल्ला-दार्जीलिङ, प.ब. भारत
सल्लाहाकारहरूः

डा. यू. श्रीवास्तव
श्री के. सलाम
डा.बी जैन
डा.ए.पाण्डे
डा. पी.एस.साबारवाल
डा. प्रवीर व्यानर्जी
डा. सुदर्शन
डा. बी.के. पाण्डे
डा. ए.रोय
डा. के.बी.पुन
डा. सामुएल
डा. सञ्जय राणा
डा किशोर थापा
श्री साजिद अली
श्री बी. शर्मा
श्री एन.पी. गुरुङ
श्रीमति गायत्री खरेल
श्री महादेव छेत्री

कृषकहरूको दायित्व

सम्पादकीय
पहाड़मा पुर्खौंदेखि हुँदै आएको कृषि पद्धतिलाई अहिलेको समयानुसार परिमार्जित गरिनु पर्ने देखिएको छ। खेतीमा विभिन्न तक्निक विकास भइसकेको छ जसलाई देशभरिका खेतीमा कार्यान्वयन गराउन भारत सरकारले विभिन्न योजनाहरू पनि तयार पारेको छ।दार्जीलिङ, विश्वमा चियाको कारण नै परिचित छ, चियालाई विश्व प्रसिद्ध बनाउन यहॉंको माटो अनि मौसमको प्रमुख भूमिका रहेको कुरा चिया पिउनेहरूलाई थाहा हुँदैन। प्रसिद्ध मानिएको चिया पिउनेहरूलाई यहॉंको माटो-बारेमा थाहा नभए पनि हाम्रा कृषकहरूलाई त थाहा हुनु पर्‍यो नी, होइन र? पहाड़लाई कृषिको निम्ति मौसम पनि वरदानस्वरूप प्राप्त छ। माटोमा प्रशस्त उत्पादन क्षमता छ तर यसलाई योजनावद्ध खेती गरेर प्रयोगमा ल्याइएको छैन। हाम्रा कृषकहरू खेती गर्छन्‌, गाई पाल्छन्‌, जानेका जति गर्छन्‌, भरपूर श्रम गर्छन्‌ तरै पनि उनीहरूको आर्थिक उन्नयन किन भएको छैन? यो अचम्भको कुरो होइन र? माटो छ, मौसम छ, पानी छ, श्रम छ, खेती छ तर त्यहॉंबाट कृषकले पाउनु पर्ने फल तथा उत्पादन छैन। दिनोदिन माटो बिग्रियो, खेती नै हुँदैन भन्नेहरूको संख्यामा वृद्धि भइरहेको छ अनि आफ्नो सुन जस्तो जमीन बेच्दै गाउँ-बस्तीबाट पलायन हुने क्रम जारी छ। पलायन भएर शहर पसेका उनीहरूले रसायनिक पद्धतिद्वारा उत्पादन गरिएको खाद्यान्न खान्छन्‌ अनि पर्छन्‌ रोगहरूको जालोमा। यो त जीवनमा आइपरेको समस्याको समाधान होइन। जमीन बेचेर पाएको पैसाले शहरमा केही इलम गरेर त खालान्‌ तर त्यो इलम पनि स्थायी अनि आर्थिक उन्नायक होला भन्ने के निश्चित हुन्छ र?
कृषकहरू गाउँ बस्तीबाट पलायन हुनु मृत्त अवस्थामा पुगिसकेको जमीन बचाउनु पर्ने दायित्वबाट भाग्नु मात्र होइन, आफ्नो परिवारलाई नै सङ्‌कट सम्मुखिन बनाउनु हो। कृषक जीवन भारत देशमा त सम्मानित हो नै अनि आफ्नो श्रमद्वारा बॉंच्ने स्वावलम्बी एवं स्वाभिमानी पनि हो। यसबाहेक कृषकहरू पर्यावरण हितैषी मात्र नभएर देशका स्वस्थ नागरिक हुन्‌। महात्म गान्धीले भनेका थिए-देशमा स्वराज तब आउँछ जब कृषकहरूमा स्वराज स्थापित हुन्छ। यस भनाईले सरकारले कृषकहरूलाई स्वरोजगार बनाउन विविध सहयोग, सहुलियत प्रदान गरिनु पर्ने योजना विकास गरिनुपर्ने कुरालाई उजागर त गरेकै छ यस बाहेक पनि देशलाई बलियो बनाउन कृषकहरूकै योगदान अनिवार्य छ भन्ने पनि सन्देश दिन्छ। अब कृषकहरूले याद राख्नु पर्ने कुरा के हो भने देशलाई स्वराज बनाउने कर्त्तव्यबाट सरकार पछि हट्‌दैछ कि कृषकवर्ग? भारत कृषि प्रधान देश हो। विश्व सॉंघुरिएर हत्केलामा अँट्‌ने भइसकेको आजको समयमा देशलाई विविध सङ्‌कटहरूबाट बचाउने भार कृषकहरूलाई नै छ। खेती दार्जीलिङ पहाड़को निम्ति प्राकृतिक एवं पारम्परिक सम्पदा हो जो आजका हरेक कृषकहरूलाई पुर्खाबाट प्राप्त छ। पहाड़मा 40 प्रतिशत मानिसहरूले खेती गर्छन्‌ भने पहाड़मा 18 प्रतिशत चिया, 2 प्रतिशत सिन्कोनाको खेती हुन्छ भने अन्य रहल जमीनमा वनजङ्गल छ। यो स्थायी आँकड़ा होइन। चिया खेती अनि सिन्कोना खेतीबारे तपाईंहरूलाई थाहा नै छ। श्रमिकहरू अहिले कस्ता परिस्थितिमा छन्‌ अनि श्रमिकहरूको आर्थिक अवस्थाबारे पनि तपाईंहरूमा अनुमान छँदैछ। वनजङ्गलको विनाश अनि पैह्रो प्रकोपबारे पनि तपाईंहरूलाई थाहा छ भने पहाड़को कृषि कुन अवस्थामा छ भन्नेबारे पनि तपाईंहरूलाई थाहा छ। माटोले उत्पादन दिन छोड्यो, खेती गरेर अब खान सकिँदैन, खेतीपातीमा अब भविष्य सुरक्षित छैन, कृषकहरूलाई सरकारी सहयोग नै छैन, कृषकहरूले कुनै सहुलियत पाएका छैनन्‌ यस्ता गुनासोहरू तपाईंहरूसित छन्‌। यति सबै कुरा थाहा हुने तपाईंहरूलाई तर गुनासो यी सबै समस्याका समाधान होइनन्‌ भन्ने कुरा के थाहा छैन र? तपाईंहरूका गुनासो अकाट्य सत्य हुन्‌। फसल राम्रो बनाउने अनि प्रशस्त पैसा कमाउने लोभमा तपाईंहरूले खेती गर्दा प्रयोग गर्नु भएको रसायनिक मलले नै माटोको हत्या भएको हो। अथवा माटोको मृत्युको जिम्मेवार खेतीमा हुने रसायनिक पद्धति नै हो भन्ने कुरा जैविक खेती सिद्धान्तले बताउँछ। फसल बँचाउन लगाइने रसायनिक औषधी, फसल वृद्धिको निम्ति लगाइने रसायनिक मल अनि त्यही माटोमा कुनै ज्ञान बिना जानेको जत्ति सबै खेती गर्ने अज्ञानता नै माटो मृत्युको कारक हो भने फसल नै हुनु छोड्यो भन्ने तपाईंहरूको गुनासो कसका निम्ति? अवश्य हो, खेती हुन छोड़ेपछि जीविकोपार्जन गर्न सकिँदैन अनि अनुर्वर जमीनमा खेती गरेर कसैको पनि भविष्य सुरक्षित पनि छैन। तर कृषकहरू गुनासो गर्दै जमीन बेच्दै शहरतिर पलायन तथा कृषिबाट पलायन भए देशको अवस्था कस्तो होला? भारतमा जनसंख्या वृद्धि यस्तो समस्या हो जसको कारण देशमा खाद्य अभावको समस्या मात्र नभएर जमीनको अभाव पनि बढ्दै गइरहेको छ। देशलाई पर्ने खाद्य सङ्‌कटको मूल कारण नै कृषकहरूको पलायन हो अनि कृषकहरूको पलायनको कारण हो सरकारी सहयोगको निष्क्रियता। जनता नजागे देश ब्यूँझिने प्रश्न उठ्‌दैन भन्ने कुरा अब सबैले थाहा पाइराख्नु पर्ने कुरा हो। नानी रोए मात्र आमाले दूध खुवाउने हो, नानी नरोए आमाले नानीको भोकप्रति उस्तो चासो राख्दैन अनि बेवास्ताको जन्म यहॉंबाट नै शुरू हुन्छ। नानी नरोएर दूध नपाएको जस्तै अवस्था पहाड़मा कृषकवर्ग अनि सरकारको छैन र? भन्न के खोजिएको हो भने-अब कृषकवर्गले आफूलाई चिन्नुपर्ने समय आयो। आफूलाई चिनिए मात्र अरूलाई चिन्न सजिलो हुन्छ। म केको निम्ति खेती गर्दैछु, कसरी गर्दैछु? मलाई मेरो खेती उन्नयनको निम्ति सरकारबाट कस्ता सहयोग हुनुपर्ने, हाम्रा निम्ति सरकारले के कस्ता योजनाहरू तयार पारेका छन्‌? ती योजनाहरू हामीमाथि कति कार्यान्वयन भए? सरकारी सहुलियतहरू हामीले कसरी, कुन माध्यमबाट प्राप्त गर्न सक्छौं, सहुलियत प्राप्त गर्नु भन्दा अघि आफूले निर्वाह गर्नु पर्ने भूमिका के हो? एक कृषकको आफैप्रतिको लगायत परिवार, समाज अनि देशप्रतिको दायित्व कस्ता हुन्छन्‌? भन्ने कुरोको आत्ममन्थन नभएसम्म कृषकवर्गको कुनै पनि सपना साकार हुनेवाला छैन। यसकारण नै अबका कृषकवर्ग सबै सचेत हुन जरूरी छ। उहिले हाम्रा निरक्षर पुर्खाहरूले हामीलाई बँचाउन खेती गर्थे, उनीहरूसित आफ्नै खेती गर्ने तरिका थियो, खेतीप्रतिको आफ्नै धारणा थियो तर समय सधैँ त्यही रहँदैन। अहिले हामी शिक्षित छौँ अनि अब हामी शिक्षित भयौं, कृषकमाथिको हाम्रो धारणा परिवर्तन भयो। कृषक हुनु, समाजमा एक तल्लोवर्गका मानिस हुन्‌ भन्ने धारणाको विकास हामी शिक्षितहरूले नै गर्‍यौं। यो हीनभावना नै कृषकहरूको खेतीदेखिको पलायनको कारण हो। कृषक हुनु तल्लो दर्जाको कर्मचारी अवश्य पनि होइन। विकसित राष्ट्रतिर हेर्नुहोस्‌, खेती गर्नेहरू समाजका शिक्षितहरू छन्‌।शिक्षितहरूबाट नै खेतीको निम्ति उत्तराधुनिक प्रविधिको विकास भएको छ अनि खेती गरेर उनीहरूले सम्मानित जीवन बॉंचिरहेका छन्‌। पहाड़मा कृषक तल्लो दर्जाको कर्मचारी झैं मानिने धारणा खेती पद्धतिको विकास नभएर जन्मिएको हो। खेतीलाई व्यवस्थित रूपले ग्रहण गर्न नसक्नुले हो अनि खेतीलाई नगद फसलको रूपमा रूपान्तरण गर्न नसक्नुले पनि यस्तो धारणा जन्मिएको हो। यसै कारण पहाड़का कृषकवर्गलाई लिएर पहाड़को कृषि व्यवस्थित गराउन कृषक कल्याण सङ्गठन जन्मिएको छ। जस अन्तर्गत पहाड़भरि विभिन्न कृषक सङ्घ, क्लस्टर, स्व-निर्भर दलहरूको गठन भइरहेको छ। आगामी अङ्‌कमा कृषक सङ्घहरूले सङ्गठनमार्फत के कस्ता कार्य गर्न सक्नेछन्‌ त्यसबारे चर्चा गरिनेछ।

जैविक खेती-1

जैविक क्रान्ति
जैविक खेती मूलतः हाम्रै देशमा शुरू भएको हो। यो खेती मुख्य रूपमा भारत अनि चीनमा लगभग चार- सॉंढ़े चार हजार वर्ष अघिदेखि शुरू भएको हो। हरित्‌ क्रान्तिको सफलतापछि नवीनतम तक्निकी, रसायनिक मल, कीट नाशक एवं यान्त्रिक तक्निकीको प्रयोगले देशको खाद्यान्न उत्पादनमा अवश्यै वृद्धि त भएको छ तर यस नवीन कृषि प्रणाली अनि पद्धतिले कृषि भूमिको उर्वरा शक्ति अनि क्षमतालाई क्षीण बनाउँदै भूमि प्रदूषण जस्तो समस्यालाई निम्त्याएको छ। यस अतिरिक्त कीटनाशक रसायनको लगातार अनि असन्तुलित प्रयोगको परिणामस्वरूप नाशक जीवहरूको प्रतिरोधन क्षमता बढ़ेको छ। यस परिस्थितिमा उपलब्ध प्राकृतिक संसाधनको समुचित प्रयोग गरी खेती लागतमा कमी ल्याउँदै पर्यावरणीय प्रदूषणको रोकथाम तथा खाद्य एवं पेय पदार्थलाई विषाक्त हुनदेखि बचाउन जैविक खेतीको मूल उद्देश्य रहँदछ। • जैविक खेतीको सिद्धान्तखेतीबाट उपलब्ध फसल अवशिष्ट, गोबर, झारपात आदिलाई मलको रूपमा प्रयोग गर्दै रोग एवं कीरा रोकथामको प्रबन्धन हेतु प्राकृतिक एवं जैविक संसाधनको प्रयोग गर्दै रसायन मुक्त कृषि प्रणालीलाई नै जैविक खेती भनिन्छ।• जैविक खेती के हो?यो एउटा कृषि उत्पादनको प्रक्रिया हो। जसमा रसायनिक मल, कीटनाशक, वृद्धि संप्रेरक, पशु मलहरूमा मिलावट निषेध गरिएको छ।• जैविक खेतीको उद्देश्य
1. पर्यावरणीय • जैव विविधताको संरक्षण• कृषि भूमिको उर्वरता• प्रदूषणमुक्त पर्यावरण• प्राकृतिक संसाधनको संरक्षण।
2. आर्थिक
• फसलगत अधिक उत्पादन।• उत्तम गुणयुक्त खाद्यान्नको भरपूर उत्पादन।• स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा जैविक उत्पादन, विपणन अनि विकास।
3. रसायनिकः-
• उपलब्ध सस्तो प्राकृतिक संसाधनमा आधारित आत्मनिर्भर कृषि प्रणालीको विकास।• मुक्त जलवायुको उपलब्धता।• उत्तम गुणयुक्त खाद्यान्नको उत्पादन।• रसायनिक मल, कीटनाशकदेखि मुक्ति। जैविक खेती उत्पादनबाट हुने लाभः• आवश्यकता अनुसार जमीनको खन-जोत।• जैविक खेतीमा फसललाई खनिज पदार्थ माटोमा भएको सुक्ष्म जीवद्वारा प्राप्त हुँदछ।• जैविक खेतीद्वारा प्राप्त फसलमा वानस्पतिक भाग जस्तै रेशा, पात, शाखा आदि अधिक मात्रामा पाइन्छ।• जैविक खेतीमा फसलमा लागेको रोग, कीरा आदिको रोकथाम फसल चक्र तथा जैविक उपायद्वारा गरिन्छ। आधुनिक भाषामा जैविक खेतीलाई कृषि प्रणालीको एउटा पद्धति मानिन्छ। जुन पद्धतिद्वारा प्रदूषणरहित एवं पर्यावरण हितैषी वातावरणमा टिकाउ कृषि उत्पादनको निम्ति माटोलाई प्राकृतिक ढङ्गमा खन-जोत गरी यसलाई जीवित र उर्वरशील राख्न साथै अन्नबालीलाई पौष्टिकता प्रदान गर्न जैविक मलजलसित उपकारी सुक्ष्म जीवाणु (लशपशषळलळरश्र ाळलीेलशी) आदिको प्रयोग गरिन्छ।वर्त्तमान विश्वमा जुन प्रकारले विभिन्न क्षेत्रहरूमा वैकल्पिक मार्ग अनि पद्धतिहरू प्रचलनमा आइरहेको छ सोही प्रकारले कृषि क्षेत्रमा जैविक खेतीको पद्धति प्रचलनमा आएको छ जसलाई अधिक संख्यामा कृषक अनि उपभोक्ताहरूले गहन रूपमा अप्नाइरहेका छन्‌। जसको समर्थनमा जैविक खेतीको उत्पादनशीलता साथै यसको पर्यावरणीय प्रभावमा सुधार ल्याउन विज्ञान अनि आलोचनात्मक मूल्याङ्‌कनको अति आवश्यकता छ। कृषि क्षेत्रमा जैविक शब्दको प्रथम प्रयोग नर्थबर्नले सन्‌ 1940 मा उनको किताब लुक द ल्याण्ड-मा गरेको पाइन्छ। आज झण्डै एक शताब्दीपछि जैविक खेतीलाई कृषि क्षेत्रमा मूल धाराको रूपमा व्यवसायिक मात्र नभएर सामाजिक अनि पर्यावरणीय विकासप्रति पनि प्रतिवद्ध रहेको पाउँछौं। सन्‌ 1970-को दशक उता जब जैविक खेती पर्या-कृषि (शले-रसीळर्लीर्श्रींीीश)-को रूपमा पुनः अघि आयो तबदेखि यसलाई साङ्गठानिक एवं संस्थागत रूपमा दह्रिलो बनाउने पाइलाहरू चालिएको देखिन्छ। यस्तै प्रकारले सन्‌-1972-मा खऋजअच (खपींशीपरींळेपरश्र ऋशवशीरींळेप ऋेी जीसरपळल असीळर्लीर्श्रींीीश र्चेींशाशपीं)-को गठनपछि जैविक क्रान्तिले विस्तारै यस युगको कृषि क्षेत्रलाई प्रभाव पार्दै एउटा अलग्गै स्थान ओगटिसकेको छ। तथापि 1990-को दशकदेखि मात्र जैविक खेतीको वृद्धिमा सही दिशा अनि तीब्र गति आएको देखिन्छ।जैविक खेतीमा लागिपरेका कृषकहरूको कार्य, उद्देश्य अनि यस किसिमको खेतीद्वारा उनीहरू के प्राप्त गर्न चाहन्छन्‌ भन्ने प्रश्नहरूको उत्तरको निम्ति जैविक खेतीको केही मार्ग निर्देशक सिद्धान्त अथवा सूत्रहरूबारे जान्न आवश्यक छ। जैविक क्रान्तिको विकाससंगसंगै जैविक खेतीको सिद्धान्तहरूमा पनि परिवर्त्तन आएको देखिन्छ भने अहिले आएर कतिपय सिद्धान्तहरूलाई परिभाषित गरिएको छ। जुन सिद्धान्तहरू कृषि क्षेत्रमा वृहत अर्थको रूपमा प्रयोग भएको पाइन्छ। जैविक क्रान्तिलाई सबै दिशाबाट सबल अनि सफल बनाउन यी सिद्धान्तहरू प्रेरक मानिन्छन्‌ भने जैविक खेतीको वृद्धि अनि विकासको मूल जरो नै यी सिद्धान्तहरू हुन्‌।अन्तराष्ट्रिय महासङ्घ खऋजअच- ले जैविक खेतीलाई परिभाषित गर्दा निम्न सिद्धान्तहरूलाई आधार बनाएको छः-• स्वास्थ्यजैविक खेतीले माटो, बोट-विरूवा, पशुप्राणी, मान्छे साथै यस धरतीलाई एउटै दृष्टिकोणबाट हेर्दै सबैको स्वास्थ्यलाई स्वस्थ राख्दछ। यस सिद्धान्त अनुसार कुनै व्यक्ति वा समाजको स्वास्थ्यलाई उसको अथवा उनीहरूको परिवेशदेखि अलग राख्न सकिँदैन। स्वस्थ माटोमा स्वस्थ खाद्यान्न उम्रिन्छ भने स्वस्थ खाद्यान्नको सेवनले नै मान्छे, पशु-प्राणी स्वस्थ रहँदछ। जिउनको निम्ति स्वास्थ्यले नै सम्पूर्णता प्रदान गर्दछ। जसको निम्ति निरोगी हुनु मात्र होइन तर शारीरिक, मानसिक, सामाजिक अनि परिवेशीय रूपले पनि स्वस्थ रहनु आवश्यक पर्दछ।• परिवेशजैविक खेती जीवित परिवेशीय व्यवस्था अनि परिचक्रमा आधारित रहँदै यसै अनुरूप गरिन्छ। यस सिद्धान्तले जैविक खेतीलाई परिवेशीय व्यवस्थाको मूलधारासित जोड्दछ। कुनै पनि उत्पादन परिवेशीय विधि अनि पुनर्चक्र अनुरूप गरिन्छ। जैविक खेती, पशुपालन, माछापालन आदि प्रकृतिको परिवेशीय सन्तुलनभित्र अँटाएको हुनुपर्छ। जसले जैविक उत्पादन, प्रबन्धन, बिक्री वितरण अथवा उपभोग गर्छ उसले पर्यावरण अन्तर्गत भूमि, जलवायु, वासिन्दा, जैव विविधतालाई फाइदा पुर्‍याउँदै सुरक्षा पनि प्रदान गरेको हुनुपर्दछ।•स्वच्छता सामान्य वातावरण अनि जीवनका अवसरहरू माझको स्वच्छ सम्बन्धमा नै जैविक खेतीको विकास हुनुपर्दछ। यस सिद्धान्तले के कुरोमाथि जोड़ दिँदछ भने जैविक खेतीसित संलग्न व्यक्तिले मानव सम्बन्धलाई सम्बन्धित कृषक, श्रमिक, प्राविधिक, वितरक, व्यवसायी अनि उपभोक्ताहरूलाई हरतरहबाट स्वच्छताको प्रमाण दिएको हुनुपर्छ। जैविक खेतीले यस खेतीसित सम्बन्धित सबैलाई राम्रो जीवनस्तर प्रदान गर्दै खाद्य सार्वभौमिकता अनि गरीबी उन्मूलनमा योगदान पुर्‍याउँदछ। प्राकृतिक एवं पर्यावरणीय संसाधनहरूलाई उत्पादन अनि उपभोगको निम्ति प्रयोग गर्दा सामाजिक अनि परिवेशीय रूपमा न्यायोचित प्रबन्धन गरिएको हुनुपर्छ साथै यसो गर्दा भावी सन्ततिलाई विशेष ध्यान दिएको हुनुपर्छ। जैविक स्वच्छतालाई सॉंचो रूपमा पर्यावरणीय अनि सामाजिक हितको निम्ति प्रयोगमा ल्याउन खुल्ला अनि समान उत्पादन प्रणाली, वितरण अनि व्यापार व्यवस्था आवश्यक पर्दछ।•रक्षा वर्तमान अनि भावी पिँढ़ीको स्वाथ्य साथै पर्यावरणको रक्षा हेतु जैविक खेतीलाई पूर्व सतर्कता एवं जिम्मेदारीपूर्वक प्रबन्धन गरिनु पर्छ। जैविक खेती एउटा जीवित अनि आयमिक कृषि व्यवस्था हो। जुन व्यवस्था अनुसार उत्पादन दरलाई बढ़ाउन सकिन्छ। तर उत्पादन बढ़ाउँदा स्वास्थ्यलाई हानी पुर्‍याउनु हुँदैन परिणामस्वरूप, उत्पादन क्षमताको वृद्धिको निम्ति नयॉं तक्निकीहरूलाई अप्नाउँदै वर्तमान पद्धतिहरूमाथि पुनर्विचार गर्नु आवश्यक छ। साथै जैविक खेतीमा रहेको कतिपय उल्लेखनीय जोखिमहरूलाई उचित तक्निकीद्वारा हटाउनु पर्छ।

जैविक अनि पारम्परिक खेतीको तुलना

जैविक खेती पर्यावरण हितैषी अनि पर्यावरणीय रूपमा टिकाउ उत्पादन पद्धति भएपनि यस पद्धतिले अझसम्म यसको लक्ष्य प्राप्त गर्न बॉंकी नै छ भने यसको कतिवटा पद्धतिहरूलाई मुखरित गर्नु पर्ने आवश्यकता छ। यसमध्ये एउटा मुद्दा हो-जैविक फसल। यसलाई लिएर धेरैचोटी प्रश्न उठ्‌ने गर्छ-के जैविक खेतीले संसारलाई खुवाउन सक्छ? जसको उचित उत्तर यसरी दिन सकिन्छ-के पारम्परिक खेतीले सफलतापूर्वक संसारलाई खुवाइरहेको छ त? उच्च लागत, उच्च फसल उत्पादन प्रणालीले विश्व समुदायलाई खाद्य पुर्‍याउन सकिरहेको छैन। जसको कारण उत्पादन होइन तर खाद्य वितरण, सामाजिक व्यवस्थामा देखा परेको समस्या र कतिपय गम्भीर मुद्दाहरू जस्तै गरीबी, जातीयवाद, लिङ्ग असन्तुलन आदि खाद्य अभावको कारणहरू हुन्‌। धेरै वर्षदेखि अनुसन्धानकर्ताहरू जैविक अनि पारम्परिक खेती व्यवस्थाको उत्पादन, आर्थिक पक्ष, संसाधन उपयोग क्षमता, पर्यावरणीय प्रभाव अनि सामाजिक पक्षहरूमाथि तुलनात्मक अध्ययनमा लागिपरेका छन्‌। दूध उत्पादन, फल उद्यान अनि मिश्रित खेती जस्ता विविध उत्पादन व्यवस्थामाथि उनीहरूको अध्ययन जारी छ। धेरै अध्ययनहरूको परिणाम स्वरूप के पुष्टि भएको छ भने जैविक खेती उत्पादनशील अनि टिकाउ छ। उपरोक्त उत्पादन व्यवस्थामाथि गरिएको तुलनात्मक अध्ययनको केही विशेष निष्कर्षहरू निम्नलिखित छन्‌।ए जैविक प्रणालीद्वारा पारम्परिक खेती बराबर अथवा अधिक उत्पादन गर्न सकिन्छ। यद्यपि जैविक प्रणालीको निम्ति दीर्घ मियादी योजना आवश्यक पर्दछ।ए खेती प्रणाली परिवर्तन अवधी उत्पादन घट्‌ने गरे पनि खेती व्यवस्थित भएपछि उत्पादनमा वृद्धि हुन्छ।ए जैविक खेतीमा माटोको जैव गतिविधि अनि जैव विविधता अधिक रहन्छ।ए जैविक खेतीमा कतिपय फसलहरूको निम्ति अचाहिँदो झारपात र कीराहरूले समस्या उत्पन्न गराउन सक्छ।ए जैविक खेतीबाट खाद्य, मानिस अनि पर्यावरणमाथि कीटनाशकबाट हुने प्रदूषण थोरै अथवा शून्य पाइन्छ। ए जैविक खेतीको खाद्य गुणस्तरमाथि हितैषी प्रभाव हुन्छ भन्ने तथ्यले मान्यता पाइरहेता पनि यस तथ्यलाई प्रमाणित गर्न बॉंकी नै छ।जैविक खेतीको उद्देश्य प्राकृतिक प्रक्रियामा आधारित टिकाउ उत्पादन व्यवस्था हो। जसको वैशिष्ट्यहरू यसप्रकार छन्‌ः-ए स्थानीय अनि नवीनीकरणीय संसाधनहरूमा भर पर्दछ।ए सौर उर्जा अनि जैव व्यवस्थाको उत्पादन सम्भावनाहरूको उपयुक्त उपयोग गर्दछ।ए माटोको उर्वरता कायम राख्दछ।ए फसल पोषक तत्व अनि जैविक तत्वहरूको पुनर्चक्रलाई बढ़ाउँदछ।ए अप्राकृतिक जीव अथवा तत्वहरू जस्तै जीएमओएस, रसायनिक मल, कीटनाशक आदिको प्रयोग हुँदैन।ए उत्पादन व्यवस्था साथै कृषि भूमिको विविधतालाई कायम राख्दछ। ए कृषि पशुहरूलाई प्राकृतिक व्यवहार अनि उनीहरूको परिवेशीय भूमिका निर्वाह गर्ने अवस्था तयार पार्दछ।

गनेउला खेती अनि गनेउला मलबारे संक्षिप्त जानकारी

खेती प्रविधि
गनेउलाः
माटो, गोबर, केराको बोट, जैविक पदार्थ कुहेको ठाउँहरूमा सामान्यतः गनेउला पाइन्छ। यो कीराकै एउटा प्रजाति हो। जसले माटोको भित्र-भित्र दूलो पारेर अक्सिजन पास गराउन मदत्‌ पुर्‍याउँछ, माटोको उर्वरता बढ़ाउँछ। यसै गनेउलाबाट बनिएको मलले फसल उत्पादनको निम्ति फॉंटिलो मलको काम गर्छ। गनेउलाकै कुरा गर्दा प्रायः तीन हजार दुइसय प्रजातिका गनेउला संसारमा पाइन्छन्‌। भर्मी कम्पोष्टिङ अर्थात गनेउलाबाट तयार मलःगाउँ बस्ती अनि शहर क्षेत्रमा प्रत्येक दिन माटोमा कुहाउन सकिने जैविक अवशेषहरू जतासुकै फालेका हुन्छन्‌, खेतीबारीको झार-पात सुकाएर डढ़ाउँछन्‌। शहरको मैलाहरू खुल्ला ठाउँमा थुप्रो लाउँछन्‌, जसबाट एकतर्फ दूर्गन्ध सृष्टि हुन्छ भने अर्कोतर्फ पर्यावरण प्रदूषित हुँदछ। यदि यस्ता मैला-कुचैलाबाट कुहुन सक्ने अवशेषहरूलाई भर्मी कम्पोष्टिङ प्रणालीसित जोड्न सकियो भने दुर्गन्ध अनि पर्यावरण प्रदूषणको साटो उत्तम गुणको मल तयार पार्न सकिन्छ। यस मललाई खेतबारीको उर्वरता शक्ति साथै फसल उत्पादन बढ़ाउनको निम्ति सहज ढङ्गमा प्रयोग गर्न सकिन्छ। जसको निम्ति जैविक अवशेषहरूको परिमाण अनुसार गनेउला हाल्नु पर्छ र यसो गरेको दुइ-अढ़ाइ महीनामा भर्मी कम्पोष्ट तयार हुन्छ, चियापत्तीको धुलो जस्तो मल बनिन्छ। यस विधि अनुरूप तयार भएको मललाई नै भर्मी कम्पोष्ट भनिन्छ।भर्मी कम्पोष्ट तयार गर्दा निम्न लिखित जैविक अवशेषहरू मिसाउन सकिन्छः-•भान्साघर वा होटलको अवशेष। •पशुप्राणीको मल। •साग-सब्जी, अन्नबालीको अवशेष।•शहरबाट निस्केको कुहुने अवशेष। •खेतबारीको झारपात।जैविक अवशेष भन्नुको अर्थ यस्ता अवशेषहरूमा विभिन्न किटाणुहरू हुन्छ जसले सामाग्रीलाई कुहाएर मलको रूपमा परिवर्तन हुनमा सहायता पुर्‍याउँदछ। माटोमा पाइने कीरा आदिले पनि यस प्रक्रियामा सहायता पुर्‍याउँदछ। भर्मी कम्पोष्टको निम्ति चाहिने सामाग्रीः-• एकसयदेखि पॉंच हजारवटा गनेउला पाल्नको निम्ति एउटा काठको बक्साको नाप- 2ु18ु15 इञ्च हुनुपर्छ।• काठको बक्सालाई घाम पानीबाट जोगाउन कुनै छानामुनि राख्नु पर्छ।• 25000 देखि 1,00,000 गनेउला पाल्नको निम्ति सिमेन्ट र ईंटाले बनिएको पीठ(आकार-8ु3ु2),जसलाई बीचमा बारेर मल निकाल्नु सजिलो पार्नु पर्छ।• पीठ बनाएको ठाउँमा घाम पानी जोगाउन छाना लगाउनुपर्छ।• मल कति चाहिन्छ त्यही अनुसार गनेउला, गाईको गोबर र अन्य अवशेष मिसाउनु पर्छ।•गनेउलाले अण्डा पार्दछ र यसलाई बेला बेला पौष्टिक आहार र 25 दिनको अन्तरालमा मकैको पीठो दिनु पर्छ।• पानी सधैँ चाहिन्छ।भर्मी कम्पोष्ट बनाउने विधिः-क. प्रथमतः काठको बक्सा तयार पार्नुहोस्‌।ख. जैविक अवशेषहरू जस्तै भान्साघरको काम नलाग्ने साग-सब्जीको बोक्रा-खोस्टा अनि खेतबारीको झारपात, सोतर आदि मसिनो टुक्रा पारेर गोबरसित मिश्रण गरी दश बाह्र दिन कुहाउनुहोस्‌।ग. उक्त मिश्रणमाथि पानी छम्केर आर्द्धता चिसो पार्नुहोस्‌।घ. मिश्रणको परिमाण अनुसार गनेउला हाल्नुहोस्‌।ङ. पन्ध्र दिनको अन्तरालमा मिश्रणलाई कॉंटाले राम्रोसँग ओल्टाइ-पोल्टाई गर्नुपर्छ जसले गर्दा मिश्रणभित्र हावा खेल्छ अनि गनेउलालाई मल बनाउनु सजिलो पर्छ।बक्सा/पीठबाट भर्मी कम्पोष्ट निकाल्ने विधिःमल तयार भएको कसरी चाल पाउनु?मिश्रण जब चियापत्तीको धूलो जस्तो अथवा कालो हुन्छ त्यसबेला गोबर मिश्रणको कुनै गन्ध आउँदैन तब मल तयार हुँदछ। त्यस समय पानी हाल्नु हुँदैन। मल तयार भएपछि माथिल्लो भाग दुइ-चार दिनमा फुरूरू हुन थाल्छ र फुरूरू भएको मललाई एकापट्टिबाट निकाल्नु पर्छ। यसो गरेर मल निकालेपछि अन्तमा गनेउलाले भरिएको मुनिल्लो तीन-चार इञ्च भागलाई विस्तारै बाहिर निकालेर फेरि उपरोक्त विधि अनुसार बक्सामा गनेउला हालेर मल बनाउने कार्यलाई बढ़ाइराख्नुपर्छ। फुरूरू भएर निकालेको मल सिधै खेतबारीमा उपयोग गर्न सकिन्छ। तर यसरी तयार गरिएको मल साधारण गाईको मल भन्दा धेरै तिक्खर अनि कड़ा हुन्छ।कुन प्रजातिको गनेउला पाल्ने?गनेउला 45-50 दिनमा नै हुर्केर फेरि अण्डा पार्न सक्ने हुनाले छिट्टै धेरै संख्यामा बढ्दछ। आफूलाई चाहिएको भन्दा धेरै गनेउला बनिए त्यसलाई बेच्दा पनि हुन्छ। राम्रो परिणाम पाउनको निम्ति विदेशी प्रजाति-अष्ट्रेलियन ब्रीड एसेनिया फेटिड़ा गनेउला पाल्न सकिन्छ। कारण यिनीहरूको सन्तान फैलिने दर अनि मल छिट्टो धूलो पार्ने क्षमता धेरै राम्रो हुन्छ। भर्मी कम्पोष्टको फाइदाहरूः-माटोलाई मलिलो बनाइ रूखो विरूवा, साग-पात, अन्नबाली आदिलाई बढ्न मजबूत हुन, धेरै फलफूल दिन यस मलले सहयोग गर्दछ। वैज्ञानिकहरूले यस तथ्यलाई स्थापित गरी यसका गुणहरू पत्तो लगाएका छन्‌। गनेउलाले मिश्रण जैविक अवशेषहरू खाएर चियापत्तीको धूलो जस्तो मल त्याग गर्छ। जसमा नाइट्रोजन, फोसफोरस र पोटासियम अधिक मात्रामा पाइन्छ। खेतबारीमा असल फसलको निम्ति यी तत्वहरू अत्यन्त जरूरी छ। माटोको स्वास्थ्य र सुरक्षाको अन्तिम विकल्पः-हिजोआज खेतबारीमा अन्नबालीलाई विभिन्न रोगले आक्रमण गरेर फसल हुनुमा धेरै बाधा पुर्‍याएको छ। माटोको जॉंच प्रत्येक वर्ष नै गरिरहनु पर्ने समय भएको छ। यसको निम्ति कृषक परिवार सचेत हुनुपर्छ। जैविक मल माटोमा प्रयोग गरिरहँदा माटोको उर्वरता शक्ति बढ्दछ। जैविक मलबाट उमारेको साग-सब्जी, अन्नबाली, फलफूल अलिक महँगो भएपनि यसको सेवन गरे शरीरलाई धेरै फाइदा पुग्दछ। शरीरलाई निरोगी बनाउँछ। जैविक मलबाट उमारेको साग-सब्जी, अन्न आदि पकाउँदा लतक्कै पाक्छ र खॉंदा स्वाद नै रसिलो हुन्छ। सँधै खाइरहे स्वास्थ्यमा सुधार आउँछ, स्फुर्ति आउँछ, दिमाग सन्तुलित राख्दछ। घर परिवारमा बिमार कम हुन्छ र आर्थिक अवस्थामा धक्का पर्दैन। स्वास्थ्य सँगसँगै जैविक मल नै माटो बचाउने अन्तिम विकल्प मानिन्छ। रसायनिक मललाई सबैले मिलेर हटाउने सङ्‌कल्प लिनुपर्छ। कृषकहरूले विभिन्न रसायनिक मल खेतबारीमा प्रयोग गरे। केही वर्षसम्म फसल भयो तर यसरी माटोको जिवाणु मर्‍यो, माटोको उर्वरता क्षमता सकियो, फसल हुन छोड्यो, फलेको अन्नबालीको स्वाद हरायो अनि रसायनिक मलद्वारा उत्पादित फसल खानु मानिसलाई बाध्य गरायो। परिणाम स्वरूप यस्ता रसायनिक खाद्य वस्तुले मानिसको स्वास्थ्यलाई दिनोदिन बिगार्दै लगिरहेको छ। (•सौजन्य-भानु थापा)

अदुवा

खेती कसरी गर्ने?
(बिजन दरः 900-1200 किलो प्रति एकर अदुवा लगाउन सकिन्छ।रोप्ने दूरत्वः100 ग्राम अदुवाको निम्ति 11.5 फीटको दुरत्व हुनु पर्छ(ठूला बिजन भए)।अदुवाको खेती गर्नेहरूले आफ्नो बालीमा रोग नलागेको चहान्छन्‌ भने सर्वप्रथम रोप्नु अघि अदुवाको स्वस्थ्य विजन छान्नु पर्छ। अदुवा रोप्ने जमीनको चयन गर्दा पनि पानी नजमिने भिरालो परेको जमीन भए असल हुन्छ। भिरालो जमीन नभएको खण्डमा जहॉं पनि यसको खेती गर्न सकिन्छ तर जल निकासको राम्रो व्यवस्था मिलाउन पर्छ। दार्जीलिङ अनि सिक्किमका कृषकहरूले फसलचक्र भन्ने राम्ररी गर्छन्‌ यसो गर्नाले बिमारलाई अझ फैलनबाट रोक्न सकिन्छ। फसल लगाउन अघि दाल जातीय उद्भिदहरू हरित मलको हिसाबमा लगाउनु पर्छ भने फुल्न शुरू भएपछि यही जमीनमा गाड़िदिए असल हुन्छ। यसो गर्नाले माटोमा नाइट्रोजनको मात्रा बढ्‌छ। कृषकहरूले के याद राख्न पर्छ भने एउटै जमीनमा दोस्रो पल्ट पनि अदुवाकै खेती गर्न उचित हुँदैन। जमीनलाई तयारी गर्दा पात पतिङ्गरहरू सफा पारी जलाइदिए असल हुन्छ। जमीन जोत्दा बाहिरको माटोलाई पल्टाई भित्र लगाउन पर्छ अनि भित्रको माटोलाई बाहिर निस्कन दिन पर्छ। ड्याङमा होस्‌ वा पलङमा माटोलाई केही अग्लो पारी उठाइ दिनपर्छ। पलङमा लगाउने हो भने प्रत्येक पलङमा केवल 3 वटा ड्याङ लगाए असल हुन्छ। यसो गर्नाले झार गोड्न साथै जल निकासको उत्तम व्यवस्था गर्न सजिलो पर्छ। बजारमा पाइने बिजनको पानाहरू प्रायः सबै बिमारका किटाणुहरूले भरिएका हुन्छन्‌। कुनै पनि बिमार लागेको जमीनबाट उब्जनी गरिएको बिजनको प्रयोग गर्नु हुँदैन। स्वस्थ बिजनको निम्ति कृषि विभाग, वागवाणी विभाग, कृषि विज्ञान केन्द्र अनि कृषि विश्वविद्यालयहरूमा सम्पर्क गर्न सकिन्छ। कुनै पनि छिमेकी कृषकबाट बिजन ल्याइएको छ भने रोगमुक्त छ भनी पक्का हुनुपर्छ। खेती राम्रो गर्नको निम्ति कृषकहरूले आफ्नै जमीनमा बिजन उमारेको असल हुन्छ। हाम्रो समाजमा मसिना नानीहरूले अदुवा पेवा रोप्ने चलन छ जहॉं केही मात्रा अदुवा केटाकेटीले रोप्छन्‌। यसरी पेवा रोप्दा घरको ठूला व्यक्तिहरूले बिजन स्वस्थ अनि कञ्चन छ कि छैन भन्नेबारे राम्ररी निरीक्षण गर्न अनिवार्य छ। बिजन चयन गर्दा टुसा राम्रो तर पानाको मुख्य भाग चाउरी परेर सुकेको भए त्यस्तो बिजनको प्रयोग पटक्कै गर्नु हुँदैन। राम्रो बिजन चयन गर्नलाई निम्नलिखित कुराहरूमा ध्यान दिनुपर्छ। • फसल खन्दा जराहरू स्वस्थ हुनपर्छ।• पाना कञ्चन अनि मोटो पनि हुनुपर्छ। • पाना भरिलो अनि राम्रो टुसा पलाएको हुनुपर्छ।• दागी अनि पानी फोका भएको हुनुहुँदैन। • फसललाई समय-समयमा बिमारको निम्ति निरीक्षण गर्नुपर्छ, विशेष गरी पानी परिरहेको समयमा निरीक्षण गर्न बेसी जरूरत पर्छ। • बिमार लागेको बोटलाई माटोसँगै उखालेर हुनसके जलाईदिएको असल हुन्छ। • यसरी उखालिएको बोटहरूलाई खोल्सा-खाल्सी, नालीतिर फ्यॉंक्न हुँदैन। • राम्ररी फ्यॉंकिएको उद्भिदबाट बिमारका किटाणुहरू पानीमा बगी स्वस्थ जमीनमा प्रवेश गर्ने प्रशस्त सम्भावना रहन्छ। • पशु अथवा कुनै पनि मान्छेलाई फसलभित्र हिँड्न दिनुहुँदैन, उनीहरूबाट पनि बिमार सर्न सक्छ। • माऊ निकाल्ने काम होशियारसित गर्नुपर्छ। यसो गर्दा जरा अनि बच्चा पानालाई धक्का दिन हुँदैन। • हुनसके मसिनो पाना रोपी माऊ ननिकाले असल हुन्छ। • माऊ निकालेपछि माटो चढ़ाउनाले गोड़ाई कम्ती गरे पनि हुन्छ जसले गर्दा घरि-घरि बारीमा पस्न कम्ती हुन्छ। • पानी परेको दिन गोड़ाई गर्न हुँदैन।• फसललाई राम्ररी निरीक्षण गरी अघिबाटै स्वस्थ बिजन चयन गरी निशान लगाई राख्न पर्छ। • निशान लगाउँदा बलियो अनि उचित ढङ्गले गर्नपर्छ किनकि बोट ओइलिएपछि फेरि त्यसलाई खुट्याउन गाह्रो पर्छ।समस्याहरूक. जुका जुका बिजनको पानाहरू, बच्चा पानाहरू, जराहरू, माटोमा साथै फसल लगाइएको बारीभित्र सबै झार जङ्गलहरूमा पाइन्छन्‌। अरू किटाणुहरूको आक्रमण बोटमा साक्षात्‌ लक्षणको रूपमा देख्नसकिन्छ तर जुकाको प्रकोपको लक्षण भने अदुवामा थाहा गर्न सकिॅँदैन। बिजन पानाहरूमा भने ठाउँ-ठाउँमा मसिना सुनिएको जस्तो अनि चाउरी परेको जस्तो खाड़लभित्र यिनीहरू बसेका हुन्छन्‌। बारीमा कहिलेकॉंही बोटलाई पुड्को बनाइदिन्छ। यसबाहेक जुकाको अदुवामा अरू लक्षणहरू पाइँदैन। जुका पानामा साथै माटोमा पाइन्छ। यसको निम्ति निम्न लिखित तरिकाले व्यवस्थापन गर्न सकिन्छ।• बिजनका पानाहरूमाथि व्याख्या गरे झैं 51 डिग्री सेन्टिग्रेड तापमान भएको तातो पानीमा दश मिनट चोबलेर रोप्न सकिन्छ। यसो गर्नाले पानामा भएको जुकाहरू सबै मर्छन्‌। • निमको पिना अथवा निमको कुनै पनि उत्पादनहरू मल जस्तै प्रयोग गर्न सकिन्छ। यसो गर्नाले जुकाको प्रकोप कम्ती हुन्छ।• सयपत्री फूल ड्याङ माझमा लगाउन सकिन्छ। यसले जुकाहरूलाई फसल परिसरबाट टाड़ो राख्दछ।
ख। ब्याक्टेरियाब्याक्टेरियाद्वारा ओइल्याउने रोग सबै रोगहरूमध्ये मुख्य रोग हो। दार्जीलिङ अनि सिक्किममा अदुवा उत्पादन गरिने प्रायः सबै ठाउँहरूमा यसको प्रकोप छ। यसलाई सहजैसँग चिन्न सकिन्छ अनि यो एकदमै चॉंड़ो फैलिन्छ। कुनै पनि गराको एक कुनामा देखा परेको केही घण्टाभित्रै पूरा गरामा फैलन सक्छ। कुनै पनि अदुवाको बोटलाई यस किटाणुले सङ्‌क्रमण गरे पातहरू जम्मै ओइल्याएर तल्लो भागमा बटारिन्छ। रोगले आक्रमण गरेको केही दिनभित्रमा नै जम्मै पातहरू कुहुन्छ अनि बोट पुक्लुक्कै लड़्‌छ। यस्तो बोटबाट नमीठो दुर्गन्ध निस्कन्छ अनि दूधजस्तो तरल पदार्थ निस्कन्छ। यदि बोटमा ब्याक्टेरिया किटाणुसँगै ढुँढ़ी किटाणु लागेको छ भने बोट ओइलिनुको साथै पहेंलो पनि हुन्छ। यसको निम्ति निम्नलिखित तरिकाले व्यवस्थापन गर्न सकिन्छ।• जब मङ्गसिर-पुस महीनामा फसल उठाइन्छ, हतियारहरू, जस्तै कॉंटा, कोदालो, फरूवा, डोको इत्यादि राम्ररी धोएर राख्नपर्छ अथवा अर्को जग्गा प्रयोग गर्न अघि धोएर सुकाएर मात्र प्रयोग गर्नुपर्छ। •बारीभित्र कसैलाई पनि पस्न दिनुहुँदैन। गाउँ-घरमा पैकारीहरू आइ आफै अदुवा खनेर लैजाने चलन बन्द गर्न अनिवार्य छ। उनीहरू बिमारी बारीहरूमा काम गरेर आइ तपाईंको जमीनको स्वास्थ्यको ख्याल नगरी फसल उठाउन जान्छन्‌। यसो गर्दा तपाईंको जमीनमा किटाणुहरू सर्ने प्रबलता बढ़ेर जान्छ। •आफ्नो जमीनमाथि कसैले अदुवाको खेती गरेको छ भने त्यहॉंबाट आएको भल पानी आफ्नो जमीनभित्र पटक्कै पस्न दिनुहुँदैन।•खेतबारीमा ओइल्याउने बिमार लागेको खण्डमा जमीनभित्र रहेका ब्याक्टेरियाहरूलाई निमिट्यान्नै पार्न लगातार 30 दिनसम्म पानी जमाएर राख्नुपर्छ किनकि ब्याक्टेरियालाई बॉंच्नको निम्ति पानीको जरूरत परे पनि जमेको पानीमा बॉंच्न सक्दैन अनि यस्तो परिस्थितिमा सबै ब्याक्टेरिया का किटाणुहरू मर्छन्‌। • रोप्न अघि राम्ररी बिजन चयन गर्नुपर्छ अनि बिमारग्रस्त पानाहरू पटक्कै रोप्नु हुँदैन। • सकेसम्म आफ्नै बिजन उमारी प्रयोग गर्नुपर्छ अनि कसैबाट किनेर वा कुनै प्रकारले ल्याइ रोप्न हुँदैन।• बारीमा जल निकासको व्यवस्था मिलाउनु पर्छ।• रोप्नलाई तयार पारिएको पानाहरूलाई हावा नछिर्ने गरी जॉंड़ लगाउने सिसाभित्र लगाई पातलो फिॅँजाइ घाममा तीन घण्टा सुकाइदिनाले पानामा भएका ब्याक्टेरियाहरू मर्छन्‌।• यसरी नै जमीनमा भएका ब्याक्टेरियाहरूलाई मार्नलाई गराहरूमा 200 गज मोटाइ भएको कालो रङको प्लास्टिकले 30 दिनसम्म छोपिदिनुपर्छ।ग. ढुँढ़ी ढुँढ़ीबाट हुने पहेंले बिमार अर्को मुख्य बिमार हो। प्रायः जस्तो यो बिमार ओइलाउने बिमारसँग-सँगै आउँछ। यो बिमार जुकासित संलग्न भएर भण्डार गरिएकोमा धेरै नोक्सान पुर्‍याउँछ। यो पनि ओइल्याउने बिमार जस्तै दार्जीलिङ अनि सिक्किमको सबै गाउँ-ठाउँहरूमा पाइन्छ। यो पनि चॉंड़ो गरी स्वस्थ बोटहरूमा फैलन्छ। यस बिमारको चपेटमा परेपछि सबै भन्दा पुरानो पातको टुप्पो अनि धारहरू पहेंलिनु थाल्छन्‌। जति-जति बिमार छिपिन्छ, त्यति नै पातहरू पहेंलिँदै अन्तमा सबै बोट पहेंलिन्छ। बिजन अदुवाको पानाहरूमा यसको प्रकोप खुट्याउन गाह्रो पर्छ। यसको निम्ति निम्नलिखित तरिकाले व्यवस्थापन गर्न सकिन्छ।•बारीमा जल निकास राम्ररी गर्न पर्छ किन कि यसलाई फैलन पानीको आवश्यकता पर्दछ। •बिजन चयन गर्दा स्वस्थ बिजन मात्र चुन्नु पर्छ अनि किटाणु भएको, रोगग्रस्त पानाहरू पटक्कै रोप्नु हुँदैन। •जमीनलाई स्वच्छ अनि स्वस्थ राख्नुपर्छ।(साभारः हाम्रो डाइरी)

फार्मर्स क्लबको कार्यक्रम निर्देशिका

उद्देश्य
ऋणद्वारा विकास , तक्निकी हस्तान्तरण, सचेतना अनि क्षमता विकासद्वारा कृषकहरूको सर्वाङ्गीण विकास।
ख। संस्थाको विशेषतासंस्थाको विशेषताहरूलाई विस्तृत रूपमा निम्न ढङ्गमा प्रस्तुत गर्न सकिन्छ।•क्लबको आकारः एउटा क्लबमा कम्तीमा दशजना सदस्य हुन आवश्यक छ। यस भन्दा बढ़ी सदस्यहरूको संख्या जति पनि हुन सक्छ।•सदस्यताः जानेर बुझेर पनि ऋण तिर्न नचाहनेहरू बाहेक सबै कृषकहरू क्लबको सदस्य बन्नसक्छन्‌।•कार्यालय प्रभारीः अ. एउटा क्लबमा मुख्य अनि सहायक संयोजक गरी मात्र दुइजना कार्यालय प्रभारी हुनेछन्‌।आ. कार्यालय प्रभारी सम्बन्धित क्लबको कार्यक्षेत्रभित्रको वासिन्दा हुन आवश्यक छ।इ. कार्यालय प्रभारी स्वयं एक उद्यमी कृषक हुनुपर्नेछ भने कुनै राजनैतिक दलको पदाधिकारी हुनुहुँदैन।ई. जानी बुझी ऋण तिर्न नसक्ने/नचाहनेहरू कुनै प्रकारले क्लबको कार्यालय प्रभारी बन्न सक्दैनन्‌। •कार्य क्षेत्रः एउटा क्लबको कार्यक्षेत्र एउटै मात्र गाउँ भएको राम्रो तथापि सिमानाको आधारमा दुइ वा तीनवटा गाउँलाई कार्यक्षेत्र बनाउन सकिन्छ। •पञ्जीकरणः आवश्यकता छैन। •ब्याङ्‌कसित सम्बन्धःसबै फार्मर्स क्लबहरूको आ-आफ्नो कार्यालय प्रभारीहरूको नाममा संयुक्त वचत ब्याङ्‌क खाता हुनुपर्छ।•हर-हिसाब खाताः अनिवार्य रूपमा सबै फार्मर्स क्लबहरूले निम्न हर-हिसाब खाता राख्नुपर्दछ- -सदस्यता रेजिस्टर। -सभाहरूको विवरण खाता। -बही खाता।
फार्मर्स क्लबका कार्यहरूफार्मर्स क्लबको विस्तृत कार्यहरूलाई निम्न रूपमा प्रस्तुत गर्न सकिन्छ।क. गाउँका कृषकहरूलाई क्लबको सदस्यता प्रदान गर्नु, क्लबको हिसाब-किताब राख्नु, विभिन्न कृषि कार्यक्रमहरूको वार्षिक क्यालेण्डर तयार गर्नु।ख. एक महीनामा कम्तिमा पनि एउटा सभा तथा आवश्यकता अनुसार दुइ वा तीनवटा सभा डाक्नु। सभामा गैर-सदस्यहरूलाई पनि आमन्त्रित गर्न सकिन्छ।ग. ब्याङ्‌कसित असल संयोजनमा रही क्लबका सदस्यहरूलाई ऋण उपलब्ध गराउँदै ऋण प्रापक अनि ब्याङ्‌कको सम्बन्ध सुदृढ़ राख्नु।घ. कृषि क्षेत्रका विशेषज्ञहरूसित साक्षात्कार गराउनु, तक्निकी ज्ञानको विकासको निम्ति कृषि विश्वविद्यालय, बुनियादी सुविधा स्थापित गर्न विकास विभागसित अनि सम्बन्धित निकायहरूका विस्तारण अधिकारीहरूसित कृषकहरूलाई भेटघाट गराउनु। अतिथि ब्याख्याताको निम्ति गाउँ अथवा छिमेकी गाउँको गैर-सदस्य तर अनुभवी कृषकलाई निम्त्याउन सकिन्छ। ङ. कृषकहरूको पक्षमा भारी लागतको खरिदको निम्ति सहकारी लागत सर्वराहकप्रति जवाबदेही रहनुपर्छ। च. संयुक्त कार्यक्रमहरू जस्तै मूल्ययोग, उत्पादन प्रक्रिया, सामुहिक कृषि उत्पादन, क्रय-विक्रय आदि कृषकहरूको लाभको निम्ति आयोजना गर्नु।छ. सामाजिक अनि अर्थनैतिक विकास कार्यहरू जस्तै सामूहिक कार्य, शिक्षा, स्वास्थ्य, पर्यावरण अनि प्राकृतिक संसाधनहरूको प्रबन्धन आदि।
नावार्डद्वारा फार्मर्स क्लबलाई दिइने सहुलियतहरू1. फार्मर्स क्लबको उद्घाटन अनि क्लबद्वारा सचेतना शिविर आयोजनाको निम्ति रुपियॉं पॉंच हजार प्रदान गरिन्छ। 2. दक्षता विकासको निम्ति ढेड़ लाख रुपियॉंको अनुदान प्रदान गरिन्छ। 3. मीट द एक्सपर्ट कार्यक्रम अन्तर्गत विभिन्न विधाका विशेषज्ञहरूसित भेटघाट कार्यक्रमको निम्ति पन्ध्रसय रुपियॉं प्रति कार्यक्रम प्रदान गरिन्छ। 4. फार्मर्स क्लबको रखरखाउ अनि सञ्चालनको निम्ति प्रतिवर्ष तीन हजार रुपियॉं प्रदान गरिन्छ। 5. खेती लगायत ग्रामीण सम्पदा विकासको निम्ति सूद रहित सब्सीडाइज्ड ऋण प्रदान। 6. बुनियादी ढॉंचा सुधारको निम्ति रूरल इन्फ्रास्ट्रक्चर डेभलोपमेन्टद्वारा विभिन्न सहुलियतहरू प्रदान गरिन्छ।7. सृजनाशील एवं नवीन उत्पादनको निम्ति नावार्डद्वारा सफ्ट लोन प्रदान गरिन्छ।

इको टुरिज्मः रोजगारको बलियो आधार

आँगनको रोजगार
रोजगारको अवसर नपाइनु, राज्यबाट विकासको पहलहरू नहुनु, यहॉंका उद्योगहरू व्यवस्थित नगरिनु, लघु उद्योगहरू नखोलिनु, कृषिलाई प्राथमिकता नदिइनु अनि सरकारी सहुलियतहरू, आर्थिक आधारका भरपर्दा कुनै पहलहरू नहुनुहरूबाट नै छुट्टै राज्यको आवश्यकता ठानिएको जो कोहीलाई प्रश्न गर्दा पाइने उत्तर हो। राज्य भए रोजगार मात्र होइन आर्थिक विकासका प्रशस्त मार्गहरू खोलिने छन्‌ भन्ने आशामा छन्‌ जनता। त्यो आशा पाल्नेहरूमा धेरै वर्ग भने शिक्षित्‌ पर्छन जो डिग्री हातमा बोकेर रोजगारको निम्ति भट्‌किरहेका छन्‌। बुद्धिजीवीहरूको ठूलो समूह पनि छन्‌ जोसित छुट्टै राज्यको आकांक्षा आर्थिक आवश्यकताको कारण नै बॉंचेको छ। छिमेकी राज्य सिक्किममा भइरहेको विकास, त्यहॉंको बदलिँदो जीवनशैली, गाउँ-ठाउँको परिवर्तित अनुहार जसले छुट्टै राज्यको आकांक्षालाई अझ गाड़ा बनाउँछ, यता। राज्य भए पनि देखेको सपना यति छिटो साकार हुनेवाला छैन जबसम्म राज्यलाई सुव्यवस्थित बनाउने परिकल्पनाहरूको निमार्ण हुने छैन। जसले माग्यो के उसैले फयाट्‌-फयाट्‌ रोजगार पाउने हो त हाम्रो आफ्नै नयॉं राज्यमा? जनतालाई आर्थिक रूपमा बलियो बनाउन अघि राज्य आफै पूर्ण सबल अनि सुव्यवस्थित हुन जरूरी छ। राज्य विकासको निम्ति सरकारी क्षमतामा रहेका परियोजना, अर्थ, सहुलियत नीतिलाई कसरी कार्यान्वयन गरिने हो,त्यसले निर्धारण गर्नेछ एउटा सुखी राज्यको मानचित्र। सुखी राज्य निर्माणको निम्ति आर्थिक सम्भाव्यताका त्यस्ता धेरै मार्गहरू निर्धारण गरेर त्यसलाई फसलमुखी बनाउन अनिवार्य छ। जहॉंबाट बेरोजगारहरूले आफ्नो जीविकोपार्जनको सूत्र केलाउन सकून्‌। पहाड़को जुन सुन्दरता छ त्यसलाई मात्र प्याकेजिङ गर्न सकिए दार्जीलिङ पहाड़कोे निम्ति एउटा दह्रो आधार तयार हुनेछ। किन भने पर्यटन पहाड़को निम्ति एउटा यस्तो फसल हो जहॉंबाट परिश्रमी नागरिकहरूले जीविकोपार्जनको दह्रो आधार पाउन सक्नेछन्‌। अहिले इको टुरिज्म विश्वमा नै करोड़ौंको उद्योग बनेको छ। भारतको सबै क्षेत्रलाई इको टुरिज्मको उद्योग सुलभ सुन्दरता प्राप्त छैन जुन सौन्दर्य पाएको छ पहाड़की रानी दार्जीलिङले। 21 वर्षभित्र दार्जीलिङ क्षेत्रभित्र यति बिघ्न बेरोजगारहरूको खेती गरिएको छ, उनीहरू सबैलाई रोजगार उपलब्ध गराउन नयॉं राज्यलाई अझ एक्काइस वर्ष नै लाग्नेछ। त्यसकारण अहिलेदेखि नै पहाड़मा स्वरोजगारको आधारहरू तयार गर्न आवश्यक छ। ती नै आधारहरूमध्ये इको टुरिज्म एउटा यस्तो आधार हो जहॉंबाट कम्ति निवेशमा धेरै लाभ आर्जन गर्न सकिन्छ। जसलाई सुलभ आर्थिक सम्भावना क्षेत्र मान्दा पनि हुन्छ। दार्जीलिङ भन्ने बित्तिकै चिया मात्र सोंचिने कुरो धेरैलाई थाहा छ तर दार्जीलिङ भन्ने बित्तिकै विश्वमा नै चर्चित पर्यटन क्षेत्र हो भन्ने कुरा पनि थाहा हुनुपर्छ। चियालाई कम्पनीकरण गरिएकोले चियाबाट पाउनुपर्ने सुविधाहरूबाट श्रमिकवर्ग वञ्चित छन्‌, जसको निम्ति युनियन, राजनैतिक दलहरूले आवाज उठाइरहेका छन्‌। तर पर्यटन उद्योग कुनै कम्पनीबाट सञ्चालित छैन। पहाड़को सुन्दरताबाट पश्चिम बंगाल सरकारले अहिलेसम्म जति लाभ उठाएको छ त्यो पहाड़को मानिसहरूको असचेतनाको कारण हो किन भने पहाड़का शिक्षितहरू सॉंच्चै शिक्षित हुन्‌ भने पहाड़को सुन्दरतालाई रोजगारको रूपमा स्वीकार गरेर त्यहॉंबाट नगद उद्योग गर्थे। अहिलेसम्म पनि शिक्षितहरूले पहाड़को सुन्दरताको फाइदा लिन नसक्नु एउटा विडम्बना नै मान्दा हुन्छ। एक विदेशी पर्यटक पहाड़को चोखो खोलामा नुहाउन चाहन्छन्‌, खोलाको ढुङ्गामा उत्तानो परेर सन बाथ गर्न चाहन्छन्‌। पट्टेर विल्डिङहरूको जंगल जस्तो महानगरबाट भागेर पहाड़का रूखहरूको छहारीमा बस्न चाहन्छन्‌। बॉंसको खाटमा सुत्न चाहन्छन्‌। डॉंड़ामा उभिएर सक्दो सिरिरि हावालाई फोक्सोमा पुर्‍याउन चाहन्छन्‌। सुन्दर रमणीय ठाउँमा बनाएको चित्राको घरको खरको छानामुनि रात बिताउन चाहान्छन्‌। गाउँको गोबर मलमा उम्रिएको साग-पात, बस्तीको कुखुराको अण्डा, फापर, कोदोको रोटी, गुन्द्रुक, इस्कुस र त्यसको जरा, फर्सी, डल्ले खोर्सानी, धानको चामल खान चाहन्छन्‌। उसिनेका पिड़ालु, सिमल तरुल, घर तरूल, सखर खण्डलाई अचारसँग मज्जाले बिहान ब्रेक फास्ट खान चाहन्छन्‌। हामीले उहिलेदेखि खॉंदै आएका यी परिकारहरू जसलाई प्याकेजिङ गरेर प्रयोग गर्न सके प्रशस्त पैसा छ। हाम्रो निम्ति दिनचर्या बनेको अभ्यस्त बचॉंइ उनीहरूको निम्ति स्वर्ग रहेको कुरा के तपाईंलाई थाहा छ? उनीहरूको चाहनालाई हामी आय स्रोत बनाउन सक्छौं। इको टुरिज्म गाउँ-बस्तीमा हुने यस्तो फसल हो जसलाई आर्थिक आय स्रोतको रूपमा स्थापना गर्न सकिए सम्भावित नयॉं राज्यको एउटा बलियो रोजगार कारखाना बन्नेछ । गाउँमा हुने स-साना खोला, रमिते डॉंड़ा, नागबेली बाटो, खेतबारी, चियाबारी इको-टुरिज्मको फसल हुने क्षेत्र हुन्‌। खोलाको बगरमा आफ्नै बारीमा पाइने बॉंसद्वारा बनाइएको स-साना घरहरू, बसेर रमिता हेर्ने हावा घर, भान्सा घर अनि त्यहॉं घरमा नै पाइने साग-पात, कोदो, फापर, बस्तीको चामल, मकै आदिको पकवान पर्यटकहरूलाई दिइने खाना पनि यस्तै हुन्छन्‌। जसको जोहो गर्न त्यति खर्च लाग्दैन। विदेशबाट करोड़ौको खर्च गरेर पर्यटकहरू किन पहाड़ आउँछन? उनीहरू शहरी जीवनबाट भाग्न चाहन्छन्‌ अनि केही समय भए पनि सुन्दर वातावरणमा, पर्यावरणमा रमाउन चाहन्छन्‌। शहरमा हुने विल्डिङहरू जसको कारण उनीहरू घामसम्म देख्न पाउँदैनन्‌। बस्तीमा झुल्किने घाम हेर्दै उनीहरू नाङ्गो पाइतालाले माटो, झारहरू टेकेर हिँड्न चाहन्छन्‌। पहाड़को शितल हावालाई सकुञ्जेल तानेर फोक्सोमा पुर्‍याउन चाहन्छन्‌। यस्तै उनीहरूको चाहनालाई एउटा उन्नत्‌ व्यापार बनाउन सकिँदैन र? दार्जीलिङमा इको टुरिज्मको निम्ति यस्ता प्रशस्त ठाउँहरू छन्‌ जसलाई पर्यटनीय फसलको निम्ति प्रयोग गरेर आर्थिक लाभ उठाउन सकिन्छ। अहिलेसम्म ओझलमा परेका यस्ता ठाउँहरूलाई स्वरोजगारको रूपमा स्थापना नगरेर के गाउँ-बस्तीका बेरोजगारहरू अझसम्म भट्‌किरहने त?पर्यटकहरू शहर बजारमा होइन गाउँ-बस्ती घुम्न चाहन्छन्‌। बजारमा ठूला-ठूला होटलहरू खड़ा गरेर पर्यटन व्यवसाय चलाइरहेका निकायहरूसित सम्बन्ध स्थापना गरेर गाउँ-बस्तीमा पर्यटकहरू झिकाउन तालमेल मिलाउन इको-टुरिज्म गर्नेहरूको मुख्य दायित्व हुन्छ। अहिले ठूला-ठूला महानगर, बजारको कोलाहल, भागदौड़, असम्वेदनशीलता, प्रदूषण, झगड़ा, लुटमार, आतङ्‌क, विस्फोटहरूबाट उच्चवर्गीय जमात गाउँमुखी हुँदै गएको बेला छ। गाउँमुखी बनेका उनीहरूको चाहनालाई इको-टुरिज्मको बाटोमा हिँड़ाएर पहाड़को उकालो, भिरालो, पाखा, मैदान, खोला, बस्ती ल्याउन सकिए पहाड़का बेरोजगारहरूले कतै पलायन नभई घरमा नै बसी लाखौं कमाउन सकिन्छ। सकिँदैन र?

प्रमाणीकरण

वाणिज्य एवं उद्योग मन्त्रालय, भारत सरकारद्वारा जैविक उत्पादनहरूमा प्रमाणीकरण चिह्न प्रयोगहेतु उत्पादकहरूलाई प्रमाण पत्र प्रदानको निम्ति तयार पारिएको नियमावलीहरू
वाणिज्य एवं उद्योग मन्त्रालयले मार्च 2005 मा जैविक उत्पादनहरूको स्तरलाई ध्यानमा राख्दै उक्त उत्पादनहरूमा प्रमाणीकरण चिह्न प्रयोग हेतु उत्पादकहरूलाई अनुज्ञप्ती प्रदानको निम्ति निम्न नियमावलीहरू बनाएको छ। नियमावलीहरू भविष्यमा घटबढ़ वा संशोधन पनि हुनसक्ने प्रावधान पनि यसमा राखिएको छ।1। नियमावलीको शीर्षक अनि थालनीक। उक्त नियमावलीलाई जैविक उत्पादन प्रमाणीकरण चिह्न नियमावली 2002 को नाम दिन सकिन्छ।ख। जैविक उत्पादनको लागि वाणिज्य एवं उद्योग मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय कार्यक्रम-राष्ट्रिय समितिले ग्रहण गरेपछि नै उक्त नियमावलीहरू कार्य रूपमा लागू हुनेछ।2. परिभाषानियमावली अन्तर्गत प्रमाण पत्र प्राप्तीको निम्ति चाहिने आवश्यकीय कुराहरू-
क। प्रमाणीकरण प्राप्तीको निम्ति भारत सरकारद्वारा जैविक उत्पादनको राष्ट्रिय कार्यक्रम अन्तर्गत सञ्चालित राष्ट्रिय ीींशशीळपस समितिद्वारा नियुक्त तथा मान्यता प्राप्त (स्वीकृत) प्रतिनिधि हुन आवश्यक रहन्छ।ख. नियमावलीमा उल्लेखित गतिविधिहरूलाई अघि बढ़ाएर लैजानको निम्ति मानिलिएको संस्थाद्वारा स्वीकृति प्राप्त निरीक्षण एवं प्रमाणीकरण संस्था हुन आवश्यक रहन्छ।ग. प्रमाणीकरण चिह्न भन्नाले भारतीय जैविक लोगो बुझिन्छ।घ. नियमावलीमा आवेदक भन्नाले उत्पादक, आयात वा निर्यातकर्ता बुझिन्छ जसले आफ्नो जैविक उत्पादनहरूमा जैविक उत्पादनको प्रमाणीकरण चिह्न प्रयोगको निम्ति निरीक्षण एवं प्रमाणीकरण संस्था (रसशपलू) मार्फत्‌ प्रमाण पत्र प्राप्तीको आवेदन गर्दछ।ङ. ङळलशपीशश भन्नाले आवेदक बुझिन्छ जसलाई प्रमाणीकरण चिह्न प्रयोगको निम्ति प्रमाण पत्र दिइन्छ।च. जैविक उत्पादनहरूको आवश्यक स्तर भन्नाले जैविक उत्पादनहरूका लागि राष्ट्रिय कार्यक्रमद्वारा तोकिएको स्तर बुझिन्छ।छ. फारम भन्नाले यसै नियमावलीहरूसित टॉंसिएको फारम बुझिन्छ।ज. नियमावलीमा प्रयोग गरिएको अन्य सबै शब्द अनि भाव अनि उल्लेख नगरिएको कुराहरूको अङ्‌ग्रेजी भाषामा साधारण अर्थ लगाइनेछ।3. प्रमाण पत्रको निम्ति आवेदन तरिका-
क. प्रमाण पत्र प्रदानको प्रत्येक आवेदन निरीक्षण एवं प्रमाणीकरण संस्थाद्वारा फारम संख्या-1 मा तयार गरिन पर्नेछ।ख. प्रमाण पत्रको निम्ति चढ़ाइएको आवेदनसित आवेदकले उत्पादन निर्माणको समय प्रयोगमा ल्याएको निरीक्षण वा जॉंचको योजना, उत्पादनको स्तर अनि उत्पादन प्रक्रियाबारे विस्तृत जानकारी पनि सम्मिलित गराउन पर्नेछ।ग. आवेदन व्यक्तिगत रहेको खण्डमा आवेदक स्वयंले आफ्नो पक्षमा अर्थात सामूहिक रूपमा वा हिस्सेदाररहेको खण्डमा त्यसको मालिक, हिस्सेदार तथा प्रबन्ध निर्देशक अर्थात कुनै एक जिम्मेवार व्यक्तिले समूहको पक्षमा हस्ताक्षर गरेको हुनुपर्नेछ। हस्ताक्षर गरिएको व्यक्तिको नाम अनि पद स्पष्ट रूपमा आवेदनमा बताइएको उद्देश्यको आधारमा रेकर्ड गरिनेछ।घ. प्रत्येक आवेदन निरीक्षण एवं प्रमाणीकरण संस्थाद्वारा प्राप्त गरिएको हुनुपर्नेछ।ङ. मान्यता प्राप्त संस्थाद्वारा स्वीकृत निरीक्षण एवं प्रमाणीकरण संस्थाले कुनै पनि आवेदकलाई उनीद्वारा चढ़ाइएको आवेदनमा वर्णन गरिएको तथ्याङ्‌कहरू पुष्टिको निम्ति बीचमा बोलाउन पनि सक्छ अनि त्यसबेला तथ्याङ्‌क प्रमाणित नभए वा झूटो रहेको भेट्टाइए आवेदन अस्वीकार पनि गरिन्छ।च. निरीक्षण एवं प्रमाणीकरण संस्थाले आवेदन प्राप्त गर्दा वा प्रमाण पत्र प्रदान गर्न अघि-
श्रप्रमाण पत्र प्रदान गरिन लागेको पक्षलाई (आवेदकलाई) जुन कुराको निम्ति आवेदन गरेको छ त्यसको निम्ति आवश्यकीय प्रमाणहरू प्रस्तुत गर्न आवश्यक छ।श्रचिह्नित उत्पादन अनि त्यसको प्रक्रिया जैविक उत्पादनको स्तर अनुरूप भइरहेको छ भन्ने प्रमाणको निम्ति निरीक्षण एवं जॉंच योजनाको तालिका प्रस्तुत गर्न आवश्यक छ। श्रनिरीक्षण एवं प्रमाणीकरण संस्थाका निरीक्षकलाई खेती, प्रक्रिया, कार्यालय, शिविर, जॉंच, प्रयोगशाला, भण्डारण व्यवस्था तथा अन्य स्थानहरू निरीक्षण गर्दा पाउनुपर्ने सम्पूर्ण सुविधा उपलब्ध गराइयो भन्ने प्रमाण गर्न अनि उपर्युक्त पहिलो अनि दोस्रो धारा-को आधारमा प्रमाणहरू स्वीकृत गराउन जॉंचको उदाहरण प्रस्तुत गर्न लगाउन आवश्यक छ।श्रपहिलो धारा अन्तर्गत बताएको प्रमाण सही हो भन्ने प्रमाण गर्न आवेदकलाई सोझै उदाहरणहरू निरीक्षण एवं प्रमाणीकरण संस्था अघि प्रस्तुत गर्न पर्नेछ अनि जॉंचको उदाहरण प्रस्तुत गर्दा लाग्ने खर्च पनि आवेदक स्वयंले बेहोर्नु पर्नेछ।श्रतेस्रो अनि चौथो धारा अन्तर्गत प्राप्त कुनै जानकारी सही भनी विश्वास गर्न निरीक्षण एवं प्रमाणीकरण संस्थाले आवेदकलाई उत्पादनको निम्ति चलाएको प्रक्रियाहरूबारे बताउन लगाउन सक्नेछ।
4. प्रमाण पत्र प्रदान1. आरम्भिक जॉंचपछि निरीक्षण एवं प्रमाणीकरण संस्थालाई आवेदक आवश्यकीय क्षमता, स्रोत, उत्पादन, उत्पादन प्रक्रिया, प्रमाण पत्र प्राप्ती अघि पूरा गर्नु पर्ने प्रसङ्गहरूमा सफल छ औ उनी प्रमाणीकरण चिह्न प्रयोग गर्ने हकदार छन्‌ भन्ने सन्तुष्टि भए फारम न. 2-मा प्रमाण पत्र प्रदान गर्नसक्छ। प्रमाण पत्र प्रदानबारे निरीक्षण एवं प्रमाणीकरण संस्थाले आवेदकलाई सूचना दिनसक्छ।क. आवेदक आफ्नो स्तरीय जैविक उत्पादन तथा कामकाजमा प्रमाणीकरण चिह्न प्रयोगको हकदार बन्नेछन्‌। प्रमाणीकरण चिह्न उत्पादन तथा पुलिन्दा (रिलज्ञशीं) अनि विज्ञापनको कार्यहरूमा प्रयोग गर्न सक्नेछन्‌।ख. प्रमाणीकरण चिह्न प्रयोगको अधिकार फिर्ता लिए वा प्रयोगमा नल्याउने भए प्रमाण पत्र निरीक्षण एवं प्रमाणीकरण संस्थालाई फर्काउनु पर्नेछ।प्रमाणीकरण चिह्न प्रयोगको अधिकार त्यसैबेला अर्थात मान्यताप्राप्त संस्था वा निरीक्षण एवं प्रमाणीकरण संस्था अघि क्षतिपूरणको कुनै मौका नदिइ समाप्त गरिनेछ।ग. आवेदक प्रमाणीकरण चिह्न प्रयोगको हकदार हुनेछ तर आफ्नो उत्पादनको सुरक्षाको जवाफदेही पनि उनी स्वयं हुनुपर्नेछ। निरीक्षण एवं प्रमाणीकरण संस्थाले चाहेको खण्डमा आवेदकहरूले आफूले प्रचूर उत्पादनको उत्तरदायी वीमा लिएको छ भन्ने प्रमाण गर्नुपर्नेछ। आवेदकको पक्षमा कुनै किसिमको उत्तरदायित्व निरीक्षण एवं प्रमाणीकरण संस्था तथा मान्यताप्राप्त संस्थाले स्वीकार गर्ने छैन।घ. आवेदकले कुनै झूटो प्रमाण प्रस्तुत गरेको वा उनको उत्पादनमा प्रमाणीकरण चिन्हको अनुचित प्रयोग गरी जनसाधारणलाई ठगेको भेट्टाइएमा प्रमाण पत्र त्यसैबेला रद्द गरिनेछ भने उक्त आवेदकले छः महीनासम्म प्रमाण पत्रको निम्ति आवेदन गर्न पाउने छैन। रद्दको समय सीमा निरीक्षण एवं प्रमाणीकरण संस्थाले तोक्नेछ जुन समयसीमा एक वर्ष भन्दा अधिक तोकिनेछैन।2. प्रमाण पत्र फारम न. 2 मा एक वर्षको निम्ति प्रदान गरिनेछ अनि यसको घोषणा फारम न. 3 मा गरिनेछ।3. प्रमाण पत्रको समयसीमा निरीक्षण एवं जॉंच संस्थाले प्रत्येक एक महीनाको अन्तरालमा प्रमाणपत्रको मालिकलाई कुन आधारमा प्रमाण पत्र प्रदान गरिएको छ भन्नेबारे सूचित गरिरहनेछ।4.जहॉं निरीक्षण एवं प्रमाणीकरण संस्थाले आरम्भिक जॉंचपछि प्रमाण पत्र प्रदान गर्न सही ठान्दैन त्यसबेला संस्थाले आवेदकलाई यस निर्णयबारे जानकारी गराउन व्यक्तिगत तथा आफ्नो पक्षमा प्रतिनिधि पठाएर आवेदकलाई आफ्नो पक्षमा सफाई दिने सामान्य मौका प्रदान गर्नेछ। 5. प्रमाण पत्र जति समय सीमाको निम्ति प्रदान गरिएको हुन्छ उक्त समय पुगेपछि रद्द हुनेछ।6. उक्त नियमावलीहरू अन्तर्गत निरीक्षण एवं प्रमाणीकरण संस्थाद्वारा प्रमाणीकरण चिह्न प्रयोगसित सम्बन्धित प्रदान गरिएको प्रमाण पत्रहरूको सम्पूर्ण विवरण मन्त्रालयद्वारा मान्यताप्राप्त संस्थाको विवरण खातामा हालिएको हुनेछ।

सहुलियत उपभोगको निम्ति सचेतनाको को खॉंचो

चिन्तन

हामीसँग खेतीपाती तथा कृषि उत्पादनको इतिहास त्यत्तिकै पुरानो छ जत्तिको पुरानो मानव सभ्यताको इतिहास छ। मानव सभ्यताले आज एक्काइसौं शताब्दी टेके पनि यस धरतीमा मानव अस्तित्वलाई बचॉंईराख्न कृषि अनि कृषकहरूको भूमिकामा कुनै कमी आएको छैन। भौतिक जीवनको मुख्य तीन आवश्यकताहरू रोटी, वस्त्र अनि घर मानिन्छन्‌। यी तीन मुख्य आवश्यकताहरूको परिपूर्तिको मूल आधार वा स्रोत कृषि क्षेत्र नै हो। यति मात्र होइन कुनै पनि राष्ट्रको अर्थ व्यवस्था अनि आर्थिक विकास त्यहॉंको कलकारखाना र उद्योग धन्धामा मात्र निर्भर गर्दैन। कृषि उत्पादन, खाद्यान्न आयात-निर्यात, खाद्यान्न वितरण आदिले देशको अर्थनैतिक व्यवस्थामा सधैँ प्रभाव पारिरहेको हुन्छ। त्यसैकारण कृषि क्षेत्रलाई समृद्ध एवं विकसित बनाउने कुनै पनि राष्ट्रको सपना रहन्छ। हाम्रो भारत देश पनि एउटा कृषि प्रधान देश हो। यहॉंको 80 प्रतिशत मानिसहरू ग्रामीण इलाकामा बसोबासो गर्छन्‌। जसको जीवनयापनको मुख्य स्रोत नै कृषि हो। यसैले पनि भारतको शैक्षिक, सामाजिक, अर्थनैतिक व्यवस्थाको ठूलो भागलाई कृषिमाथि निर्भरशील जनजीवनले प्रभावित पार्दछ। यसै कुरोलाई आधार गरी भारत सरकारले कृषि अनि कृषकहरूको उन्नति र विकासको निम्ति विभिन्न लाभदायक विकास योजनाहरू तयार पार्दै आइरहेको छ। भारत सरकारको यस्ता योजनाहरूको उचित कार्यान्वयनले देशको कतिपय कृषि क्षेत्रहरू विकसित एवं समृद्ध बनिसकेका छन्‌। तर देशमा अझ पनि यस्ता ठाउँहरू छन्‌ जहॉं भारत सरकारको कृषि विकास योजनाहरू कार्यान्वयन हुन त परै जावोस्‌ यसबारे कृषकहरूलाई साधारण जानकारी समेत छैन। कृषि क्षेत्र विकासको निम्ति सरकारले स्वायत्त विभागहरूद्वारा वर्षेनी करोड़ौं रुपियॉं प्रदान गरिरहेको छ। कृषि ऋणहरूमा सर्वाधिक सूद माफ गरिएको छ। कृषि व्याङ्‌क तथा विभिन्न स्वायत्त विभागहरू खोलिदिएको छ। तर यी सबै योजना र कार्यक्रमहरूको लाभबाट आज पनि कति कृषकहरू पूर्ण रूपले वञ्चित छन्‌। जसको निम्ति सरकारी निकायहरू भन्दा ज्यादा कृषकवर्गको न्यून सचेतना र लचिलो उत्सुकता दायी छ।दार्जीलिङ पहाड़को कृषि क्षेत्र र कृषकवर्गको अवस्था झण्डै यस्तै छ। हाम्रो पहाड़मा उद्योग धन्धाको रूपमा दुइवटा मात्र आधारहरू छन्‌ एउटा चिया बगान अर्को कुलैन बगान। व्यापार वाणिज्यमा प्रायः मधेशीहरू अघि आएका छन्‌। भन्नुको अर्थ यहॉंको 70 प्रतिशत जनजीवन कृषिमाथि निर्भरशील रहेका छन्‌। जसमध्ये कति प्रतिशत कृषकहरू सरकारी कृषि विकास योजना र कार्यक्रमहरूबारे सचेत छन्‌, त्यो भन्नु कठिन छ। प्रथमतः, यहॉंका धेर जसो कृषकहरू सचेत नहुनुको एउटा कारण पहाड़मा कृषकहरू सङ्गठित नहुनु पनि हो। कृषि क्षेत्रमा भइरहेको सरकारी पहल र यसको जानकारी प्रशासनिक निकायबाट सुदूरवर्ती गाउँ-बस्तीहरूमा शायदै पुग्ने गरेको पाइन्छ। फलस्वरूप दिन रात खेतीबारीमा पसिना बगाउने कृषकहरूको अवस्था जस्ताको त्यस्तै छ। सरकारी विकास योजना र कार्यक्रमहरू कुन विभागहरूबाट आउँछ, यसको लाभ उठाउन कसरी आवेदन गर्ने, कृषि ऋणहरूको निम्ति फारमहरू कसरी र कुन ब्याङ्‌कमा भर्ने इत्यादि कुराहरू लिएर धेरै कृषकहरूले टाउको दुखाईको झञ्झट नलिएको पनि देखिन्छ। परिणामस्वरूप हाम्रो निम्ति सरकारले खै के दिन्छ र गरिदिन्छ? भन्ने जनगुनासो हाम्रो धेरै कृषक दाजु-भाइहरूसित रहेको पाइन्छ। तर यसो होइन। सरकारी पहल र योजनाहरू भइरहेका छन्‌। तर यसलाई कार्यान्वयन गरी उचित ठाउँमा यसको प्रयोग भने भइरहेको छैन। सरकारी कार्यालय विभागहरूसम्म विकास राशिहरू आउँछ। तर त्यहॉंदेखि उँधो ग्रामीण स्तरमा त्यो राशि पुग्न नसक्नुमा र कृषकहरूद्वारा त्यो राशिको लाभ उठाउन नपाउनुमा सरकारी विभाग अनि अधिकारीहरूको मात्र दोष छैन। कृषकवर्गको असचेतना यसको निम्ति त्यत्तिकै दायी ठहर्दछ। यसमा ती सचेत कृषकवर्ग पनि दोषी मानिन्छन्‌ जसले आफ्नै सहोदर असचेत कृषक बन्धुहरूलाई सचेत गराउने प्रयाससम्म गर्दैनन्‌। आफैमात्र अघि बढ़ूँ, सुटुक्कै ऋण र अन्य योजनाहरूको फाइदा लिऊँ, अरू सधैँ एउटै अवस्थामा रहिरहोस्‌-यस्ता मानसिकताको शिकार हुनेहरू पनि धेरै छन्‌ हाम्रो पहाड़ी कृषक जमातमा। भारत सरकारले कृषि र कृषकहरूकै निम्ति विभिन्न विकास योजना अन्तर्गत वर्षेनी करोड़ौं रुपियॉं आवन्टन गर्छ भन्ने जानकारी र उक्त रुपियॉं हाम्रो निम्ति पनि हो भन्ने चेतना अब पहाड़को हरेक कृषकहरूमा आउन आवश्यक छ। सूचना अनि सञ्चार माध्यमको यस युगमा पनि हाम्रै सरकारद्वारा हाम्रै निम्ति प्रदान गरिएको राशिबाट अनभिज्ञ र वञ्चित रहन भनेको आफै अविकसित र पछौटे हुनु त हो नै साथै भावी पिँढ़ी पनि यसको शिकार बन्नेछ भन्नेमा कुनै शङ्‌का छैन। तर सरकारी योजनाहरूको निम्ति हात बॉंधेर सरकारी पहलहरूकै प्रतीक्षा गर्ने कि आफै जागरूक भइ यस्ता योजनाहरूको लाभ उठाउने? लाभ उठाउनको निम्ति प्रथम आवश्यकता हो जागरूकता। कृषकहरू स्वयं सचेत र जागरूक भइ अघि आए सजिलै यस्ता योजनाहरूको लाभ उठाउन सकिन्छ। दोस्रो कुरा हो सही जानकारी अनि तेस्रो साङ्गठानिक पहल। सरकारी-गैरसरकारी कर्मचारी, श्रमिक, लेखक, ड्राइभर सबैको आ-आफ्नै सङ्घ-सङ्गठन गठन गरिएको हुन्छ। आफ्नो हक, अधिकार खोज्न साथै अप्ठ्यारो परिस्थितिहरूमा सङ्गठनको ठूलो भूमिका रहँदछ। एक थुकी सुकी हजार थुकी नदी भन्ने हाम्रो चल्ती उखान नै छ। यसोसले कृषकवर्गको एउटा बलियो सङ्गठन हुनुपर्छ। साङ्गठानिक कार्यक्रमले मै खाऊँ मै लाउँ भन्ने हाम्रो पछौटे मानसिकता हटाउन पनि मदत पुर्‍याउँछ।अहिले मजाको कुरा के छ भने सूचनाको अधिकार ऐन तहत साधारण जनताले सरकारी विभागहरू वा अधिकारीहरूसित सरकारद्वारा प्रायोजित कार्यक्रमहरूबारे आवश्यक जानकारी माग्न सक्छन्‌ साथै प्रायोजित योजना कार्यान्वयन कुन स्तरमा हुँदैछ त्यसबारे पनि जानकारी माग्न सक्छन्‌। सरकारले यतिको प्रावधान र सहुलियतहरू प्रदान गर्दा-गर्दै पनि यसको उपभोग नगर्नु भनेको अल्छेको ओखती छैन भन्नु जत्तिकै हो।

सङ्‌कल्प, लक्ष्य, पहल अनि उपलब्धीहरू

दार्जीलिङ पहाड़मा जैविक क्रान्तिमा अघि बढ़िरहेको कृषक कल्याण सङ्गठनको धेरैवटा हरिया सपनाहरू छन्‌। कृषकवर्ग, तपाईंहरूको हातेमालोमा नै अघि बढ्दै जॉंदा सङ्गठनले महासङ्घ (फेडरेशन) को दर्जा प्राप्त गरिसकेको छ भने अहिले भारत सरकारको कृषि मन्त्रालयले दार्जीलिङ क्षेत्रको निम्ति महासङ्घलाई सेवा प्रदायकको निम्ति छनौट गरेको छ जस अन्तर्गत पहाड़का कृषकहरूलाई सही मार्ग निर्देशन गर्दै सङ्गठनले पहाड़मा कृषि क्रान्ति गरिरहेको छ। सङ्गठनले अहिलेसम्म के-कस्ता पहलहरू गरिसकेको छ अनि अझ के-कस्ता पहलहरू अघि बढ़ाइरहेको छ, यहॉं तपाईंहरूको जानकारीको निम्ति सङ्गठनले गरेको पहल, उपलब्धी अनि सङ्गठनका भावी सङ्‌कल्पबारे उल्लेख गरिएको छ।
साङ्गठानिक पहल एवं उपलब्धीहरूः-
• सङ्गठनले गरेको अनवरत प्रयासमा सन्‌ 2006 मा दार्जीलिङमा राष्ट्रिय कृषि एवं ग्रामीण विकास ब्याङ्‌क अन्तर्गत जिल्ला विकास कार्यालयको स्थापना गरिएको छ।
• कालेबुङमा राष्ट्रिय बॉंस आयोगद्वारा बॉंसको खेती विकासको निम्ति बेम्बो इनोभेशन सेन्टरको स्थापनाको निम्ति राशि अनुमोदन गरेको छ।
• दार्जीलिङ पहाड़लाई सङ्गठनले जैविक क्षेत्र-को रूपमा स्थापित गर्ने सङ्‌कल्प लिएको छ, जसको निम्ति सङ्गठनलाई भारत सरकारको कृषि मन्त्रालयले 2007 मा सेवा प्रदायक छनौट गरेको छ।
• राष्ट्रिय आपदा नियन्त्रण आयोगबाट पैह्रोलाई नीतिगत रूपमा अङि्‌ककरण गरिनुपर्नेबारे सङ्गठनले पहल जारी राखेको छ।
• उच्च न्यायालय अनि पर्यावरण मन्त्रालयले खुल्ला ठाउँमा मैला फ्यॉंक्न रोक लगाएको छ। सङ्गठनले उच्च न्यायालय अनि पर्यावरण मन्त्रालयद्वारा मैला व्यवस्थापनको निम्ति जारी गरेको ऐन अनुसार कालेबुङको भालूखोपमा फ्यॉंकिँदै आएको मैला फ्यॉंक्न बन्द मात्र गरेन कालेबुङ नगरको मैला उचित व्यवस्थापनको निम्ति राष्ट्रिय प्रदूषण पर्षद्बाट 2 करोड़ 39 लाख रुपियॉं अनुमोदन पनि गराएको छ।
• नावार्डले दार्जीलिङ क्षेत्रमा कृषक सङ्घहरूलाई लिएर कृषि उन्नयनको निम्ति सङ्गठनले नीतिगत पहल गरिरहेकोले सङ्गठनलाई सन्‌ 2008-मा महासङ्घको मान्यता दियो।
• ग्रामीण क्षेत्रको जीर्ण बाटो सुव्यवस्थित गर्न सङ्गठनले दार्जीलिङ पहाड़मा 90 किलोमीटर सम्पर्कित सड़कहरूको निर्माणको निम्ति प्रधानमन्त्री ग्रामीण सड़क योजना अन्तर्गत ग्रामीण विकास मन्त्रालयबाट कार्य अनुमोदन गरायो जो यस अघि केवल 30 किलोमीटर प्रति वर्ष रहेको थियो।
• कृषकहरूलाई स्वरोजगारी बनाउन लघु उद्योगको रूपमा कालेबुङ-दार्जीलिङमा पहाड़े कागजको विकासको निम्ति माइक्रो-मिनी-स्मल मन्त्रालयबाट एउटा उत्पादन केन्द्र अनि प्रशिक्षण केन्द्र स्थापना गर्न सङ्गठनले गरिरहेको पहलको फलस्वरूप कालेबुङको निम्ति 77 लाख रूपियॉं अनुमोदन गराएको छ।
• सङ्गठनको पहल अन्तर्गत भारतीय कृषि अनुसन्धान परिषद्द्वारा दार्जीलिङको वागवाणी क्षेत्रलाई विकसित गर्न टेम्प्रेट हर्टिकल्चर रिसर्च एण्ड डेभोलोपमेन्ट सेन्टर सोनादामा 11औं पञ्च वर्षीय योजना अन्तर्गत स्थापित गरिने भएको छ।
•सङ्गठनले राष्ट्रिय जैविक केन्द्र कृषि मन्त्रालयद्वारा कालेबुङको कृषि विज्ञान केन्द्रमा एउटा जैविक मोडल फार्म हुनुपर्नेबारे गरेको मागलाई मन्त्रालयद्वारा स्वीकृत गरिएको छ।
•सङ्गठनद्वारा कृषकहरूलाई प्रदान गरिने ऋण व्यवस्थामा सुधार अनि सरलीकरणको निम्ति पहल जारी छ।
•विभिन्न फसलहरू जस्तै-अदुवा, अलैंची, सुन्ताला, कुचो, हर्दी तथा साग-सब्जी लगायत कृषकहरूलाई राष्ट्रिय कृषि वीमा योजना अन्तर्गत निःशुल्क वीमाकरणको निम्ति पहल जारी।
•किसान क्रेडिट कार्ड वितरण प्रणालीलाई व्यापकता दिनुपर्ने मागमा पहल जारी।
•खादी एवं ग्रामीण उद्योग निकायद्वारा नगरपालिका अनि ग्राणीण क्षेत्रका वेरोजगारहरूलाई रोजगार प्रदान गर्न प्रधान मन्त्री रोजगार योजना अन्तर्गत सङ्गठनले व्यवस्थित व्यापकता दिइरहेको छ।
•ग्रामीण विकासको निम्ति ब्याङ्‌कको अग्रणी भूमिका रहेको हुन्छ। ब्याङ्‌कहरूले ग्राम विकासको निम्ति 60% राशि अनुमोदन गर्ने गर्छ। पहाड़को ग्रामीण विकासको निम्ति ब्याङ्‌कद्वारा प्रदान गरिने ती सबै सहुलियतहरू उपलब्ध गराउन सङ्गठनले बारम्बार चालेको पहलको फलस्वरूप अनि भारत सरकार र रिजर्भ ब्याङ्‌कले 2010 भित्रमा प्रत्येक गाउँलाई ब्याङ्‌कसित जोड्‌न बनाएको योजनाको फलस्वरूप दार्जीलिङमा निम्न लिखित क्षेत्रमा व्यावसायिक ब्याङ्‌कहरू स्थापना गरिने भएको छ-खण्ड-1ः टासिडिङ, समथार, निम्बोङ।खण्ड-2ः कागे, लोले, साङ्‌से, लिङ्‌सेखा।खण्ड3ः गैरीबास, तोदे, पोख्रेबुङ, कुमाई, निमबेंसी।तकदाहः लप्चु, तक्लिङ।मिरिकः मर्मा, बुङकुलुङ।खरसाङः महानदी, घैयाबारी, सिटोङ, गाड़ीधुरा।सुकियाः प्लुङदुङ, मार्गरेट्‌सहोप, लिङ्गिया, नागरी,मानेभञ्ज्याङ।पुलबजारः गोक, रङ्गीत, ऋषिहाट, रिम्बिक।नक्सलबारीः गोसाइपुर, अप्पर बागडुग्रा।
सङ्गठनको लक्ष्य एवं सङ्‌कल्पनः-
•सम्पूर्ण उत्तर-पूर्वी क्षेत्रमा जैविक पहलद्वारा दार्जीलिङ पहाड़को अर्थनैतिक आधार सुदृढ़ गर्दै पहाड़लाई जैविक क्षेत्रको नमूना जिल्लाको रूपमा भारतमा उभ्याउने।
•सम्पूर्ण चियाबारीमा जैविक पद्धति विस्तारण अनि लिलाम केन्द्र स्थापना गर्ने।
•सम्पूर्ण कुलैनबारीमा जैविक पद्धति विस्तारण अनि लिलाम केन्द्र स्थापना गर्ने।
•दूध उत्पादन, पहाड़को बलियो आर्थिक आधार बनाउने जसको निम्ति उन्नत जातको कृतिम वीर्य केन्द्र, मिनी डायरी प्रोजेक्ट, उत्पादन लगायत विविध उत्पादन तयार पारिने जसलाई अन्तराष्ट्रिय बजारमा पुर्‍याइने सम्पूर्ण कृषकहरूको व्यक्तिगत वीमाकरण लगायत सम्पूर्ण फसल, पशु आदिको वीमाकरण निःशुल्क प्रदान गरिने दिशामा पहल।
•एउटा शीतल भण्डारण, 4 वटा भण्डारण व्यवस्था, 8 वटा जैविक हाटबजार, 4 वटा सूलभ जैविक पसलको स्थापना गरिने।
•रोजगारको अवसर प्रदान गर्न लघु उद्योगको विस्तारमा सङ्गठनले विशेष पहलहरू हातमा लिएको छ, जसमा बॉंस खेती, च्याउ, पहाड़े कागज, मौरी, अचार, थुक्पा, फिङ, हस्तशिल्प, जुस डेरी, अदुवा डस्टिन यूनिट, सुन्ताला वेक्सिङ यूनिट, कफी प्रोसेसिङ यूनिट इत्यादि बसाइने छ।
मागहरू
•एनआरईजीए अन्तर्गत 40 प्रतिशत कार्य कृषक सङ्घलाई दिइनुपर्ने माग गर्दै सङ्गठनले ग्रामीण विकास मन्त्रालयलाई ज्ञापन चढ़ाएको छ।
•सर्वशिक्षा अभियानद्वारा शैक्षिक आधार बलियो गरिनु पर्ने तथा यसको सहुलियत पहाड़मा शीघ्र कार्यान्वयन गरिनुपर्ने, हिनामिना भए पनि सहुलियत अन्तर्गत ती स्कूल भवनहरूको निर्माण शीघ्र गरिनुपर्नेबारे राज्यपाल, मुख्य मन्त्री, मानव संसाधन मन्त्रालय, प्रधान मन्त्रीलाई ज्ञापन चढ़ाइएको छ।
•दार्जीलिङ पहाड़मा केन्द्रिय विश्वविद्यालय निर्माण गरिनु पर्ने दायित्वपूर्ण माग गर्दै सङ्गठनले मानव संसाधन मन्त्रालय, यूपीए चेयरम्यान सोनिया गान्धीलाई ज्ञापन सुम्पिएको छ।
•मइको सिटीफ-प्रोजेक्ट अन्तर्गत दार्जीलिङ, कालेबुङ, खरसाङ अनि मिरिकलाई पनि 11औं योजना अनुसार प्रोजेक्टमा गाभिनुपर्ने माग गर्दै पर्यावरण मन्त्रालय, योजना आयोग, राष्ट्रिय प्रदूषण बोर्डलाई ज्ञापन चढ़ाइएको छ।
•क्षेत्रीय जैविक केन्द्रको स्थापनाको माग गर्दै कृषि मन्त्री शरद् पावरलाई ज्ञापन चढ़ाइएको छ।
•राष्ट्रिय आपदा नियन्त्रण आयोगद्वारा दार्जीलिङ-सिक्किम, हिमालय क्षेत्रका पैह्रोको शोध कार्य, दीर्घ मियादी रोकथामको उपाय आलम्बन गरिनु पर्ने मागमा राष्ट्रिय आपदा नियन्त्रण आयोग, प्रधान मन्त्रीलाई ज्ञापन चढ़ाइएको छ।
•एनएचपीसीद्वारा पर्यावरण नियम उल्लङ्घन गरिएको फलस्वरूप विविध पर्यावरण अनि पैह्रोको भावी खतराको रोकथाम हेतु उर्जा पर्यावरण मन्त्रालयलाई ज्ञापन चढ़ाइएको छ।
• उत्तर-पूर्वी हिमालय क्षेत्रको प्राकृतिक सम्पदा एवं पर्यावरण सन्तुलनको निम्ति पहाड़लाई विशेष कृषि क्षेत्रको दर्जा दिइनुपर्ने, दार्जीलिङ पहाड़ लगायत सम्पूर्ण उत्तर-पूर्वी क्षेत्रलाई विशेष जैविक क्षेत्रको दर्जा दिइनुपर्ने माग गर्दै कृषि मन्त्रालय, भारतीय कृषि अनुसन्धान परिषद्, राष्ट्रिय जैविक केन्द्रलाई ज्ञापन चढ़ाइएको छ।

फार्मर्स क्लबहरूको उद्घाटन


कृषि अनि ग्रामीण विकासको गहन उत्तरदायित्व लिएर अघि बढ़िरहेको कालेबुङ कृषक कल्याण सङ्गठनले ग्रामीण स्तरमा विकास भन्दा पहिले सचेतना ल्याउने व्यवहारिक कार्य गर्दै आइरहेको छ। कृषकहरूलाई सरकारी तहबाट प्रदान गरिने सहुलियत अनि प्रावधानहरूको उपभोग गराउनु भन्दा पहिले उनीहरूको मानसिक एवं वैचारिक आधारमा सचेतनाद्वारा परिवर्तन ल्याउन आवश्यक ठान्छ कृकसले। जुन सचेतनाको निम्ति कृषकहरू साङ्गठानिक रूपमा एक भइ साझा कार्यक्रमहरूमा सम्मिलित हुन आवश्यक छ। सबै कृषकहरूको साझा मुद्दा हो-कृषि अनि ग्रामीण विकास। यसै अवधारणालाई केन्द्र गरी कृकसले कृषकहरूलाई साङ्गठानिक रूपमा दह्रिलो, भरिलो बनाउँदै पहाड़को कृषकहरूलाई राष्ट्रिय कृषि अनि ग्रामीण विकास ब्याङ्‌क (नावार्ड)-को प्रावधान अन्तर्गत ग्रामीण स्तरमा कृषक सङ्घहरू गठन गरिरहेको छ। सङ्गठनको स्थापनादेखि अहिलेसम्म जम्मा 70 वटा फार्मर्स क्लबहरू गठन भइसकेको छ भने फरवरी महीनामा सङ्गठनले निम्न कृषक सङ्घहरूको उद्घाटन गर्‍यो।क्ंिलबहरूको नाम खिंण्ड िउंद्घाटन मिति 1।पितामचिन कालेबुङ-2 10 फरवरी 20092. लिङसेखा कालेबुङ-2 10 फरवरी 20093. सिन्देबुङ कालेबुङ-1 10 फरवरी 20094. डाब्लिङ कालेबुङ-1 10 फरवरी 20095. गीतकोलबुङ कालेबुङ-1 10 फरवरी 20096. सेलिम्बोङ सुके पोखरी 14 फरवरी 20097. सियोक सुके पोखरी 14 फरवरी 20098. राङभाङ सुके पोखरी 14 फरवरी 20099.मगरजुङ सुके पोखरी 14 फरवरी 200910.साङमा सुके पोखरी 14 फरवरी 200911.एभोनग्रोभ सुके पोखरी 14 फरवरी 200912.थर्बु मिरिक 14 फरवरी 200913.ओकाइटी मिरिक 14 फरवरी 200914.राजाहट्टा सोनादा 18 फरवरी200915.मुण्डाकोठी सोनादा 18 फरवरी200916.बढ़ा सिटोङ खरसाङ 18 फरवरी 200917. छोटा सिटोङ खरसाङ 18 फरवरी 2009

दार्जीलिङको गौसम्पद योजनाको राशि खड़गपूरलाई?

केही महीना अघि दार्जीलिङको पुमोङ अनि रामपुरियामा अचानक अज्ञात रोगले आठवटा गाईको मृत्युले गौपालकहरू समस्यामा परेका थिए। एकजना गौपालकको एउटा गाई मर्नु भनेको एक रोजगारलाई आफ्नो हातबाट अचानक नोकरी गुम्नु झैं रहन्छ भने गाई पालेर नै जीविकोपार्जन गरिरहेका पुमोङ र रामपुरियाका चार परिवारको अवस्था पालेका सबै गाई-बाछा मरेपछि कस्तो रह्यो होला? पहाड़को आम नागरिकलाई त्यसको अनुभव नभए पनि कृषि विभाग, जो यहॉंको कृषि उत्थानको निम्ति पहाड़मा स्थापित गरिएको छ-लाई समेत गौ मृत्युको उस्तो असर परेको भने देखिएन। कृषक सम्वाददाताले त्यस क्षेत्रको भ्रमण गर्दा गौ मृत्युले लाचार बनेका गौपालकहरू एल.बी. थापा, टेकबहादुर थापा, गोपाल थापा लगायत कल्पना राईले गाई कुन रोगले मृत्युको मुखमा पर्‍यो, थाहा नभएको बताए। उनीहरूले भने-26 जनवरीदेखि लगातार हाम्रा गाईहरू मर्न थालेकोले हामी विचल्नीमा परेका छौं। पुमोङमा एल.बी. थापाको दुइवटा, टेकबहादुर थापाको पॉंचवटा, गोपाल थापाको दुइ अनि कल्पना राईको दुइवटा गरेर जम्मा 11 वटा गाई मृत्युको मुखमा परेको थियो। प्रायः उनीहरूले दुइ लाख रुपियॉंसम्मको क्षति बेहोर्नु पर्ने भए तापनि सम्बन्धित निकाय तथा कुनै सरकारी विभागीय पदाधिकारीहरूको न त दौड़ाहा भएको न त उनीहरूलाई कुनै क्षतिपूरण नै दिइएको पनि उनीहरूले बताए। यसैबीच कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले क्षेत्रको दौड़ाहा गरी गौपालकहरूसित उनीहरूको समस्याबारे जानकारी लिए। सर्वस्व गुमाउनु परेको गौपालकहरूलाई सङ्गठनद्वारा केही सहयोग राशि प्रदान गरिएको छ। गौपालकहरूले बेहोर्नु परेको हानीबाट केही राहत दिलाउन छेत्रीले तकदाह खण्ड विकास अधिकारी श्री टी. लामा मार्फत जिल्लापाललाई एउटा ज्ञापन पनि चढ़ाएका थिए। मुख्य आर्थिक श्रोत रहेका गाईहरू नै गुमाउनु परेको गौपालकहरूको निम्ति राहत सामाग्री उपलब्ध गराइनु पर्ने माग गरिएको ज्ञापनमा विभागीय अधिकारीहरूलाई के सम्झना पनि गराइएको छ भने कृषि एवं ग्रामीण विकासको निम्ति भारत सरकारले राष्ट्रिय कृषि विकास योजना तयार पारे पनि यसले दार्जीलिङ पहाड़को निम्ति कुनै सुविधा उपलब्ध गराएको छैन। राष्ट्रिय कृषि विकास योजना अन्तर्गत दार्जीलिङ जिल्लालाई गौसम्पदा विकासको निम्ति चिन्हित गरिएको अनि यस अन्तर्गत गौैपालकहरूको आर्थिक विकास अनि सुरक्षाको निम्ति वर्षेनी 15 करोड़ रुपियॉं दिइने कुरा पनि खण्ड विकास अधिकारीमार्फत ज्ञापनमा जिल्लापाललाई अवगत गराइएको छ। यसबाहेक सङ्गठनले ज्ञापनमार्फत विविध माग पनि अघि राख्यो जसमा पहाड़का ग्वाला अनि गाई दुवैको वीमाकरण हुनुपर्ने, पशु चिकित्सा योजना, ग्राम पञ्चायत एवं कृषि क्षेत्रस्तरमा उचित रूपले व्यवस्थापन गरिनुपर्ने, उन्नत जातिको कृतिम वीर्य केन्द्र स्थापना गरिनुपर्ने, पशुहरूलाई दिइने दानामा सब्सिडी हुनुपर्ने अनि दानाहरू कृषक सङ्घ एवं पञ्चायत स्तरमा पाइनुपर्ने रहेको छ। अचम्भलाग्दो कुरा पहाड़मा के देखिएको छ भने, पहाड़का कृषकवर्ग तथा गौपालकहरूलाई कृषिमंत्रालायाले गौसम्पद योजना अन्तर्गत वर्षेनी 15 करोड़ रुपियॉं दिने गरेको छ भन्ने कुरा नै थाहा छैन। उनीहरूलाई यसकारण थाहा छैन किनभने अहिलेसम्म राष्ट्रिय कृषि विकास योजना अन्तर्गत उक्त राशिबाट कुनै पनि पहल पहाड़मा गरिएको छैन। पुमोङमा लगभग खेती गरिखाने गरीब कृषकहरूले लाखौंको हानी बेहोर्नु परिरहेको बेलामा सरकारबाट पाइनुपर्ने सहुलियतहरूबाट कृषकहरू वञ्चित बन्नु पहाड़को निम्ति दुःखदायक बनेको छ। सरकारले दिए पनि बाटैमा चुहाइपठाउनेहरूको जमातमा तथा कृषकहरूको मुखको माड़ खोस्नेहरूको भीड़मा अबोप्रान्त कृषकहरूले आफ्नो अधिकार हराउन नहुने सचेतना दिँदै सम्पूर्ण पहाड़का गाई बॉंध्नेहरूलाई एकत्रित गर्दै आइरहेको कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीलाई कृषक-ले प्रश्न गर्दा उनले भने-अधिकार एवं सहुलियतहरूलाई उचित ठाउँमा कार्यान्वयन नगरिने तथा कृषकहरूलाई नितान्त निम्न दर्जामा राखेर हेर्ने परम्परा रहेको कारण पहाड़को ग्रामीण एवं कृषि उन्नयनको निम्ति 4.1 प्रतिशत कृषि उत्थानको निम्ति इलेभेन्थ प्लान-को अन्त्य अन्तर्गत कृषकहरूको आर्थिक उन्नयनको निम्ति दार्जीलिङ जिल्लालाई गौ सम्पद अनि दूध उत्पादक क्षेत्रको रूपमा चिह्नित गरेको छ भने यसै अन्तर्गत प्रत्येक वर्ष दिइने पन्ध्र करोड़ रुपियॉं अहिलेसम्म दार्जीलिङ जिल्लामा आइपुगेको छैन। गत वर्षदेखि शुरू गरेको राष्ट्रिय कृषि विकास योजना अन्तर्गत गौ सम्पदको निम्ति कृषकहरूको आर्थिक सुदृढ़िकरणको निम्ति दिइने उक्त राशि कहॉं छ भन्ने कुरा खुबै खोजपरक रहेको छ। थाहा लागे अनुसार दार्जीलिङ पहाड़को निम्ति कार्य गर्न उक्त राशि खड़गपूरको स्टेप नामक संस्थालाई दिइएको राशिबाट उक्त संस्थाले पहाड़मा कृषकहरूको निम्ति कतिको कार्य गरिरहेको छ, त्यसलाई अहिले पहाड़का कृषकहरूको दयनीय अवस्थाबाट स्पष्ट बुझ्न सकिन्छ। उसै पनि नाइटोको घाउको निम्ति टाउकोमा मल्हम लगाए झैं दार्जीलिङको गौसम्पद अनि दूध उत्पादनको निम्ति खड़गपूरको संस्थालाई वर्षेनी पन्ध्र करोड़ रुपियॉं दिनुबाट पनि पहाड़को कृषिको निम्ति सरकारी पहल कतिको संवेदनशील छ भन्ने स्पष्ट हुँदछ। यसबारे प्रश्न गर्दा कृषक कल्याण सङ्गठनका महासचिव छेत्रीले जिल्लापाललाई यसको सम्पूर्ण जानकारी एवं जवाब मागिएको बताए। उनले शीघ्र नै सङ्गठनको एक टोली दिल्ली गएर कृषि मन्त्री शरद् पावरसित भेटघाट गर्ने अनि केन्द्रबाट प्रायोजित योजनाहरू पहाड़मा उचित कार्यान्वयन नभएकोबारे कुराकानी गरिने पनि बताएका छन्‌ भने सांसद दावा नर्बुलालाई यसबारे आगामी संसद सत्रमा कुरा उठान गरिदिने ज्ञापन चढ़ाएको पनि उनले बताएका छन्‌।

दार्जीलिङ पहाड़मा जैविक कृषिको भविष्य -माथि दुइदिने सङ्गोष्ठी

दार्जीलिङ पहाड़मा जैविक कृषिको भविष्य -माथि दुइदिने सङ्गोष्ठी
आगामी 2015 भित्र दार्जीलिङ पहाड़लाई जैविक क्षेत्र बनाउने संकल्प लिएर अघि बढ़िरहेको कालेबुङ कृषक कल्याण महासङ्घको तत्वावधानमा स्थानीय रामकृष्ण रङ्गमञ्चमा गत 13 अनि 14 अक्टोबरको दिन दार्जीलिङ पहाड़मा जैविक कृषिको भविष्यमाथि दुइदिने सङ्गोष्ठी सम्पन्न भयो। विश्वका 34 वटा बायोडाइभर्सिटी हटस्पट जोनहरूमध्ये एउटा दार्जीलिङ-सिक्किम क्षेत्र पनि हो। दार्जीलिङ जसलाई बोटानिकल प्याराडाइस भनेर पनि चिनिन्छ। जसलाई कृषिको निम्ति मौसम वरदानको रूपमा प्राप्त छ तर यहॉंको कृषि विकास भनेजस्तो हुन सकेको छैन। सङ्गोष्ठीको उद्घाटन कार्यक्रममा उपस्थित सङ्घका प्रमुख सल्लाहकार तथा कार्यक्रमका सभापति डा। आर।बी. भूजेलले पहिलो दिनको कार्यक्रममा उपस्थित दार्जीलिङका कृषकवर्ग, विशेषज्ञ अनि विभागीय अधिकारीहरूलाई बताएका थिए। डा. भूजेलले अझ भने-कृषिको निम्ति विभिन्न आधार अघिबाट नै खड़ा भएपनि पहाड़को कृषि उन्नयनको निम्ति शोधहरू प्रशस्त भइरहेको छैन। जसको निम्ति पहाड़मा क्षमताशील प्रशस्त वैज्ञानिकहरू रहेको बताउँदै पहाड़को कृषि उत्थानको निम्ति राष्ट्रिय स्तरको अनुसन्धान केन्द्रहरूको आवश्यकता रहेको उनले बताए। पहाड़मा जैविक कृषिलाई अन्तराष्ट्रियस्तरमा पुर्‍याउन यहॉंको खेतीलाई जैविक प्रमाणीकरण आधिकारिक रूपमा गराउनु पर्ने कुरामा पनि उनले जोड़ दिएका थिए।कालेबुङ केभीके तथा यूबीकेभीका कार्यक्रम संयोजक दुइ दिने सङ्गोष्ठीमा यूबीकेभीका प्रभारी डा. एमर रोयले दार्जीलिङ पहाड़मा जैविक खेतीको सम्भावना, एडीओ विनोदकुमार शर्मा, स्पाइसेस बोर्डका उपनिर्देशक एम.आर. सुदर्शनले जैविक कृषि पद्धति, डा. सामुएल राईले अदुवा खेती, जङ्गबीर राईले अलैंची खेती, सुप्रकाश पौलले कीटनाशकको जैविक व्यवस्थापन, डा. एन.के. मीनाले अर्किडमा लाग्ने किटाणुहरूको व्यवस्थापन अनि डा. विनयराज शर्माले अदुवा, ठूलो अलैंची, सुन्ताला अनि साग-सब्जीमा लाग्ने रोगहरूको निवारणबारे आ-आफ्नो वार्ता प्रस्तुत गरे। कार्यक्रममा अन्य विषय विशेषज्ञहरूले पनि आ-आफ्नो वार्ता प्रस्तुत गरेका थिए भने सांसद दावा नर्बुलाले दुइवटा फार्मर्स क्लबलाई अर्किडको विरूवा प्रदान गरेका थिए। दोस्रो दिनको कार्यक्रमका मुख्य अतिथि अतिरिक्त जिल्लापाल डा. पी.के. छेत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै पहाड़का कृषकवर्गले सरकारद्वारा प्रदान गरिएको सहुलियतहरूको निम्ति आफै सजग भए सम्बन्धित सरकारी निकायहरूमा सोधखोज गर्नुपर्ने बताउँदै पहाड़मा जैविक पद्धति खेतीको निम्ति अन्तिम उपलब्धी रहेको बताए। महासङ्घका महासचिव विष्णुकुमार छेत्रीले सञ्चालन गरेको उक्त दुइदिने सङ्गोष्ठीमा डा. आर.बी. भूजेल समीक्षकको रूपमा उपस्थित रहेका थिए। कृषि क्षेत्रका विशेषज्ञ, अनुभवी कृषकवर्ग अनि वैज्ञानिकहरूको उपस्थिति साथै उनीहरूद्वारा प्रस्तुत गरिएको वार्ताहरूको निचोड़को परिणाम स्वरूप सङ्गोष्ठीको अन्तिम दिन निम्न लिखित प्रस्तावनाहरू पारित गरियो। प्रस्तावनाहरू-1. विशेष जैविक क्षेत्रः-दार्जीलिङ जिल्ला लगायत सम्पूर्ण उत्तर-पूर्वीय हिमाली क्षेत्रको कृषि-उद्घानको परिदृश्यलाई नियाल्नु हो भने यो सम्पूर्णरूपले पारम्परिक अनि जैविक खेतीमा आधारित रहेको छ। यस क्षेत्रलाई विभिन्न कृषि-उद्घान उत्पादनहरू जस्तैः सुन्तला, अदुवा, ठूलो अलैची, सागसब्जी, वागवाणी, औषधीय अनि मसला बगानहरूको निम्ति यस क्षेत्रलाई विशेष जैविक क्षेत्रको रूपमा विकसित गर्न स्पष्ट नीति निर्धारन गर्नपर्ने छ। जसले यस क्षेत्रको कृषि उत्पादन निर्यातमा बढ़ोत्तरी गराउँदै कृषकवर्गलाई उचित पारिश्रमिक प्रदान गर्न सहयोग गर्ने छ।2. जैविक खेतीको क्षेत्रीय संस्थानः-जैविक खेतीको क्षत्रीय संस्थान स्थापित गरिनाले यस क्षेत्रलाई विशेष जैविक क्षेत्रमा परिवर्तन गर्न ठूलो सहयोग पुर्‍याउँदछ। साथै यी दुइ एकार्काका सम्पूरक रहने छन्‌। सरकारी संस्थानहरू जस्तै-कृषि विश्वविद्यालय, अनुसन्धान अनि जीव विज्ञान सम्बन्धित संस्थानहरू, राज्य कृषि विभाग अन्तर्गत रहेका फिल्ड ट्रायल स्टेशन, सिडफार्म, उत्पादन केन्द्रहरूलाई क्षेत्रीय रूपमा उत्पादन गर्न सकिने विभिन्न अन्नबालीको निम्ति विशेष जैविक खेती प्रविधि विकसित गराउन उचित प्रयोगमा ल्याइनु पर्छ।3.जैविक प्रमाणीकरणः-जैविक कृषि उद्धान उत्पादनहरूको प्रयोगशाला परिक्षण अनि जैविक प्रमाणीकरण हेतु पाइलाहरू चालिनुपर्छ।4.उत्पादन उत्तर प्रक्रिया अनि बजार व्यवस्थाः- यस क्षेत्रमा कृषि-उद्घान उत्पादनहरूको अधिक सम्भावना रहेपनि यहॉंको कृषकवर्ग आर्थिक रूपले पछौटे रहनुका मुख्य कारणहरू यस प्रकार छन्‌।श्र यस क्षेत्रको परिवहन व्यवस्था नगरपालिका अनि उपनगरभित्र सीमित रहेको छ। दूरीमा रहेका गाउँहरू अझ पनि यातायातको सुविधादेखि वञ्चित छन्‌। उत्पादनको बजार कमिशन एजेन्ट अथवा निजी व्यवपारीहरूद्वारा काबुमा राखिएको छ। अपर्याप्त बिक्री वितरणको सुविधा अनि निम्न सामाजिक-अर्थनैतिक अवस्थाको कारण कृषकहरू आफ्नो उत्पादन घरेलु बजारमा नै बिक्री गर्न बाध्य हुन्छन्‌। यस अवस्थामा सुधार ल्याउन कृषकहरूको सहकारी समूहहरू जस्तैः फूल उत्पादक समूह, अदुवा उत्पादक समूह, सुन्तला उत्पादक समूह, ठूलो अलैंची उत्पादक समूह आदिको गठन महत्त्वपूर्ण रणनीति मान्न सकिन्छ। अझ, कृषकहरूलाई अधिक पारिश्रमिक उपलब्ध गराउन जैविक उत्पादनहरूको हाट, बजार अनि निलामी केन्द्रहरूको स्थापना महत्त्वपूर्ण ठहिरिनेछ।श्रउत्पादन पछिको आवश्यक प्रक्रियाहरू अनि चिसो भण्डारण सुविधाहरूको अभाव छ। जसप्रति सक्दो चॉंढ़ो ध्यान पुर्‍याउनु आवश्यक छ।5.वित्तीय संस्थानहरूबाट कृषि ऋणहरूको उपलब्धताःकृषकहरूलाई सहज रूपमा वित्तीय संस्थान-व्याङ्‌कहरूबाट कृषि ऋण उपलब्ध गराउदै उनीहरूलाई कृषि विकासको मुख्य धारामा ल्याउने सरकारी पहलहरू समयको आवश्यकता हो।

एग्रो फरेस्टिङ

एग्रो फरेस्टिङ
नगद फसलको निम्ति उपयुक्त विकल्प
बॉंच्नको निम्ति उपयुक्त वातावरण अनिवार्य छ। हामीसित त्यही अनुकूल वातावरण छैन। ग्लोबल वार्मिङ आजको जल्दोबल्दो समस्या छँदैछ। दिनोदिनको प्रदूषण हाम्रो निम्ति मृत्यु बोकेर अघि बढ़िरहेको छ। स्पष्ट के छ भने संसारको अन्त्यको कारण नै ग्लोबल वार्मिङ बन्नेछ अनि जीवहरूमा बुद्धिमानी मानिएका मानिसले त्यो अन्त्यको सङ्‌कटबाट बॉंच्ने उपायमा अहिलेदेखि नै बुद्धि नपुर्‍याए मृत्युको कारक बुद्धिमानी मानिस नै बन्नेछन्‌। कृषि जगतमा चर्चित रहेको एग्रो फरेस्टिङ त्यो सङ्‌कटबाट बॉंच्ने अहिले नयॉं धारणा बनेर आएको छ। अमेरिकी देशहरूमा अघिबाट नै कार्यान्वयन गरिसकेको यो एग्रोफरेस्टिङको धारणा भारतमा पनि आयतित रहेको छ। कृषि जगतमा एग्रोफरेस्टिङ यस्तो धारणा हो जसले मानिसको निम्ति उपयुक्त वातावरण निर्माण मात्र गर्दैन कृषकहरूलाई नगद उन्नयनको निम्ति उपयुक्त विकल्प पनि दिन्छ। जसले दिनोदिनको मौसम परिवर्तनलाई रोकेर उपयुक्त पर्यावरणसितै पारम्परिक खेतीको तुलनामा आर्थिक उन्नायक फसलको धारणा दिन्छ, त्यो हो एग्रोफरेस्टिङ। उचित पर्यावरणको निम्ति 33 प्रतिशत वनजङ्गल चाहिन्छ तर भारतमा वनजङ्गल 19 प्रतिशत मात्र छ अनि त्यसमा पनि 12 प्रतिशत मरूस्थल छ। जङ्गल मासेर कृषि भूमि बनाइने परम्परा संसारकै निम्ति सङ्‌कटपूर्ण रहेको कुरो एग्रोफरेस्टिङको अवधारणाले बताउँछ। जुन कृषि भूमिमा हामी जुन फसल उमार्दछौं त्यो पर्यावरण विरोधी अनि श्रम अनुसारको आर्थिक उन्नायक छ कि छैन? सोंच्नुपर्ने कुरा यही छ। एग्रोफरेस्टिङको अवधारणा अन्तर्गत यहॉं एक बायोडिजेल प्लान्ट-को खेतीबारे संक्षिप्त जानकारी मात्र दिन्छौं, बायोडिजल प्लान्ट सानो कदमको खेतीबारे आगामी अङ्‌कदेखि पूर्ण जानकारी दिइनेछ।सिंानो कदम(जेट्रोफा)भारतमा धेरैवटा बायोडिजल प्लान्टको खेती गरिन्छ तर पहाड़को भौगोलिक अवस्थान अनि यहॉंको मौसमको आधारमा सानो कदम उपयुक्त मानिएको छ। कृषक कल्याण सङ्गठनले स्वच्छ पर्यावरणको निर्माणसितै नगद फसलको उपयुक्त विकल्पको निम्ति पहाड़मा सानो कदमको खेती विस्तार गर्ने योजना लिएको छ।पानी नपर्ने ठाउँमा पनि यसको खेती गर्न सकिन्छ। पाखाबारी, खेतमा यसको खेती विधिपूर्वक गरिए यसबाट राम्रो कमाई गर्न सकिन्छ।श्री विप्लव शर्मा (अनुसन्धानकर्ता जेट्रोफा, यूबीकेबी कुचबिहार) अनुसार ड्याङ-ड्याङको दूरत्त्व बनाएर यसको खेती सजिलोसित गर्न सकिन्छ भने यसको बीचबीचमा, कफी, कको, सुन्ताला आदिको पनि खेती लाउन सकिन्छ। अझ यसबीच साग-सब्जी अनि घॉंसको खेती पनि सँगसँगै गर्न सकिन्छ। एकैचोटी बहूफसल गर्न सकिने हुनाले पारम्परिक खेतीको साटो यसबाट राम्रो आम्दानी गर्न सकिन्छ। खेती गर्नेहरूलाई सम्बन्धित विभागले नै विरूवा उपलब्ध गर्नेछन्‌।सानो कदम 1 हेक्टर जमीनमा 2500 वटासम्म विरूवा लगाउन सकिन्छ। यसको दानाबाट बायोडिजल बनाइन्छ। यसको प्रतिकिलो दाना 10 रुपियॉं (अझ बेसी पनि हुनसक्छ) मा बिक्री हुन्छ। प्रत्येक बोटले वर्षमा दुइपल्ट फलन दिन्छ। एउटा बोटले चार किलोसम्म फल दिन्छ (दुइपल्टमा आठ किलो) एक हेक्टर जमीनमा दुइ फलनबाट 20,000 किलो फल पाइयो भने दुइ लाख रुपियॉं आम्दानी दिन्छ। यसको बीचबीचमा लगाइने फसलहरूले अझ अरू आम्दानी दिन्छ। बीचबीचमा सुन्ताला, कफी, कोको लगायत साग-सब्जीको खेती लगाउन सकिन्छ। यो खेती जैविक पद्धतिमा गरिनुपर्छ। तपाईंहरूले पारम्परिक खेती (जुन जमीनमा जुन खेती लगाइन्छ, त्यसको तुलनामा सानो कदमको खेती) गर्दा पाइने आर्थिक लाभको आँकड़ा निकाल्न सक्नुहुनेछ। सानो कदमको खेती गर्ने विधि, यसबाट हुने फाइदा इत्यादिबारे आगामी अङ्‌कमा विस्तृत जानकारी दिइनेछ।

सङ्गठनका सहभागिताहरू

सङ्गठनका सहभागिताहरू
- 17 अनि 18 अप्रेल 2008ः टिकाउ जीविका-उपार्जनको निम्ति बॉंस उत्पादन अनि बजार-व्यवस्थाको सुधार-शीर्षक माथि कृषि मन्त्रालय,भारत सरकारद्वारा नयॉं दिल्लीस्थित पुसामा अन्तर्राष्ट्रिय सेमिनार।
- 12 देखि 21 नोभेम्बर 2008-मा जैविक प्रमाणिकरणमाथि एनसीओएफ अनि कृषि मन्त्रालय भारत सरकारद्वारा भुवनेश्वरमा राष्ट्रिय कार्यशाला।
- 7 अनि 8 फरवरी 2009ः जलवायु परिवर्तनमाथि विज्ञान अनि तक्निकी मन्त्रालय, भारत सरकार अनि दिल्ली राज्य सरकार पीबीकेभीभी नयॉं दिल्लीद्वारा नयॉं दिल्लीस्थित विज्ञान भवनमा अन्तरराष्ट्रिय सेमिनार।

कृषक कैरननामा

कृषक कैरननामा
मोतीप्रसाद शर्मा
जन्मजात म खेतीवाला
सम्भावनाको खोल्छु ताला
हरित क्रान्ति मेरो लक्ष्य
परिश्रममा म छु दक्ष।
हलो मेरो प्रिय मित्र
कोदालोले कोर्छु चित्र
कॉंटा-कुटे साथी-भाइ हुन्‌
शीतल हावा मेरा धाई हुन्‌।
माटो, आकाश, हावा, पानी,
सूर्यसित खेल्ने बानी
प्रकृतिलाई रात-दिन पुज्छु
धरतीदेवी सधैँ भज्छु।
रोप्ने-छर्ने बीज छन्‌ लाखा
आवाद गर्छु समतल-पाखा
संसार सारा मेरो बारी
स्याहार गर्ने क्रम छ जारी।
सहकाललाई स्वागत्‌ गर्छु
ढुकुटीमा अन्न भर्छु
एक्लै खान्नँ, बॉंड़िखान्छु
समाज, देश र विश्वै धान्छु।
आत्मनिर्भर बन्दै जिउँछु
पीड़ा-कष्ट सर्वत्‌ पिउँछु
आवश्यकता सबको टार्छु
कृषक जन्म सार्थक पार्छु।
खेत-१
मनोज वोगटी
प्रत्येक रात
पहरा दिएर खेतको सुरक्षा गर्ने
हलगोरूको जुरोबाट उदाउँछ घाम।
हलगोरूको जुरोबाट अस्ताउँछ घाम।
पहरामा बस्दा
रातभरि हलगोरूको खुरले लेखेको खेतका नीलडामहरूको अनुहार
देशको मानचित्रजस्तो देखिन्छ।
हलगोरू छैन भने
कस्ले जोत्छ देश?
नजोतेको देशमा
संविधान उम्रँदैन
संविधान नै नउम्रेपछि
गणतन्त्र फुल्ने कुरा आउँदैन।

हलगोरूले रातभरि देखेको
खड़ेरी नलागेको त्यो हरियो सपना
किन देखाउँदैन टीभीले?